घोराही उपमहानगर पालिका वडा नम्बर ८ दुन्द्रा निवासी बोनम्यारोपीडित चन्द्र ओलीलाई घरमा पुगेर ८२ हजार ८ सय ५७ रुपैया सहयोग गरिएको छ ।
विभिन्न सहयोगी युवाहरुले विभिन्न क्षेत्रबाट प्राप्त भएको रकम उपलब्ध गराइएको हो ।
जसअनुसार राप्ती समाज जापानबाट ५३ हजार तीन सय ३७, टीकाराम रावत र पुर्ण रोका बाट पाँच हजार पाँच सय, बिमल कार्की, दिनेश श्रेष्ठ र आरके पाण्डेयबाट छ हजार, नरेन्द्र पुनबाट तीन हजार, आदित्य भट्टराईबाट तीन हजार, मुकेश डिसीबाट तीन हजार, सकिल अहमदबाट एक हजार महेशकुमार क्षेत्रीबाट दुइ हजार बीस र नाम नराख्ने सहयोगीबाट छ हजार प्राप्त भएको सहयोगी मुकेश डिसीले जानकारी दिनुभयो ।
राप्ती समाज जापानका राजकुमार केसी, मनराज विश्कर्मालगायतले जापानमा रकम संकलनका लागि सहयोग गर्नुभएको थियो
।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।