नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) राप्तीको आयोजनामा रक्तदान गरिएको छ । दाङमा रगतको अभाव हुन नदिन रक्तदान गरिएको हो ।
रक्तसंचार सेवा केन्द्र घोराहमा रगतको अभाव हुन लागेकाले रक्तदान गरएको संघले जनाएको छ ।
‘सेवा नै धर्म हो यही नै नाम्सको मर्म हो’ भन्ने नाराका साथ संघमा आबद्ध २९ जना प्रतिनीधीले रक्तदान गरेको संघका वरिष्ठ उपाध्यक्ष नवराज सापकोटाले जानकारी दिनुभयो ।
कोरोना संकटका कारण रक्तदान कम हुँदा विरामीले रगत नपाउने अवस्था नहोस् भनेर रक्तदान गरिएको उहाँले जानकारी दिनुभयो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।