• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कम्युनिष्ट आन्दोलनका अगुवाहरुको जोड– मृत्य संस्कार फेरिनुपर्छ




ने.क.पा.(क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुखीका पिता देबीराम पौडेल(भीष्म)को निधन भएको ९औं दिनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।


ने.क.पा.(क्रान्तिकारी माओवादी) तुलसीपुर उपमहानगर कमिटिका सल्लाहकार देवीराम पौडेलको गत अषाढ महिनाको १७ गते देहावसान भएको थियो । वहाँको मृत्यु पश्चात कुनै परिवारले कुनै पनि परम्परागत क्रियाकर्म वहिष्कार गरी मृत्यु संस्कारलाई सरल र सहज तरिकाले सम्पन्न गरेको थियो ।


ने.क.पा.(क्रान्तिकारी माओवादी) दाङको आयोजनामा भएको कार्यक्रममा श्रद्धाञ्जली व्यक्त गर्ने वक्ताहरुले परम्परागत मृत्यु संस्कार भाग्यवादी, लैंगिक विभेदकारी, अवैज्ञानिक र बोझीलो भएकोले यसलाई परिवर्तन गरी सहज बनाउनुपर्ने बताए ।

साथै राजनीतिक आन्दोलन र पार्टीहरुभित्र सामाजिक तथा साँस्कृतिक मुद्धाहरु गम्भिरतापूर्वक स्थान नपाएकै कारणले आज पनि नेपाली समाज साँस्कृतिक हिसाबले पिछडिएको अवस्थामा रहेको कुरा पनि व्यक्त गरे । साँस्कृतिक रुपान्तरणको मामिलामा आम मानिसहरुले जस्तो राजनीतिक अगुवाहरुलाई आफूखुशी गर्न छुट नभएकोले उनीहरु यस्ता सवालहरुमा जनतालाई बाटो देखाउने उदाहरण बन्नुपर्ने धारणा पनि व्यक्त गरे ।

मृतकका छोरा हिरामणि दुःखीले आफ्नो बुवा देवीलाल पौडेल युवास्थादेखि विचार तथा व्यवहार दुवैमा विद्रोही र सामाजिक रुपान्तरणको अभियानमा सक्रिय भएकै कारणले आफूलाई रुपान्तरणकारी आन्दोलनमा लागिरहने प्रेरणा मिलेको बताउनुभयो ।


ने.क.पा.(क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज समीरको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा ने.क.पा.का दाङ जिल्ला संस्थापक सचिव तथा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ का केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, वामपन्थी नेता कुवेर वली, ने.क.पा.(मसाल) दाङका प्रवक्ता भरत भण्डारी, , राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य शुक्र भण्डारी, अध्ययन समूह, दाङका संयोजक प्रमोद धितालले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो ।

ने.क.पा.(क्रान्तिकारी माओवादी) का जिल्ला सचिवालय सदस्य नरेन्द्र बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रको सञ्जालन जनगणतान्त्रिक मोर्चाका जिल्ला सचिव ईश्वरी प्रसाद गैरेले गर्नुभएको थियो ।

Facebook Comments