• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
थबाङका ४८ घरपरिवारलाई निशुल्क सोलार




थबाङ गाउँपालिका रोल्पाले गरिव जेहेन्दार र विधुत उज्यालोको पहुच नपुगेका४८ घरपरिवारलाई निशुल्क सोलार वितरण गर्ने भएको छ भने वडा नं ५ उवाका १० घर परिवारलाई प्रति घर १ सेट का दरले १० सेट निशुल्क सोलार वितरण गरिएको छ ।


वडा नं ५ का १० घरपरिवारलाई गाउँपालिका अध्यक्ष विर बहादुर घर्तीले सोलार हस्तान्तरण गर्नु भएको हो ।


वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमेलटारले ग्रामिण भेगमा विधुत पुग्न नसकेको वस्तीहरुको लागी भनेर सोलार गाउँपालिकामा पठाएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनु भयो ।वडाको विधुत नपुगेको घरपरिवारको वडाले सिफारिस गरेको आधारमा स्थानियहरुलाई सोलार वितरण गरिएको उहाले बताउनु भयो ।


पाच वटै वडामा रहेका त्यस्ता परिवारकोसुची वडाले पठाएअनुसार सोलार वितरण गरिएको छ । यस वर्ष ४८ घरपरिवारलाई निशुल्क सोलार वितरण गरिएको छ भने यो कार्यक्रम वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यक्रम भएको र आगामी वर्ष पनि यस कार्यक्रम निरन्तर भएको खण्डमा थप गरिव जेहेन्दार र विधुत तथा उज्यालो नपुगेको घर परिवारलाई वितरण गरिने अध्यक्ष घर्तीले बताउनु भयो ।

थबाङ गाउँपालिका वडा नं १ ,२ र ३ मा एक वडामा दस सेटको दरले ३० सेट सोलार वितरण गरिने छ भने वडा नं ४ र ५ एक वडा मा ९ सेटको दरले १८ सेट सोलार वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले बताउनु भयो ।

लकडाउनको कारण गाउँपालिकामा सोलार अलि ढिला आइपुग्यो हामीले सबै वडामा सुचना गरेको छौ, क्रमश सबै वडामा सोलार वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत बुढाथोकीले बताउनु भयो ।

Facebook Comments