• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नवलपुरबाट शुरु भयो दाङमा यो बर्षको बृक्षारोपण अभियान





दाङमा यो बर्षको बृक्षारोपण अभियान शुरु भएको छ । घोराही १८ नवलपुरबाट यो बर्षको बृक्षारोपण अभियान शुरु गरिएको हो ।


राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय, घोराही उपमहानगरपालिका, नवलपुर टोल विकास संस्था ‘क’ र ‘ख’, उन्नति टोल विकास संस्था र सुनौलो विहानी टोल विकास संस्थाको संयुक्त आयोजनामा बृक्षारोपन शुरु गरिएको हो ।


घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले विरुवा रोपेर अभियान उद्घाटन गर्नुभएको हो ।

सो क्रममा नगर प्रमुख चौधरीले गत बर्ष घोराहीको मुख्य सडकको बीचमा लगाइएका विरुवाले हरियाली प्रबर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यो घोराही–प्युठान सडकको सौन्दर्यले पनि नगरलाई थप आकर्षक बनाउने बताउनुभयो ।


घोराही १८ नवलपुरस्थित चार वटा टोल विकास संस्थाले सामूहिकरुपमा गत बर्षदेखि सरसफाइ र वातावरणको क्षेत्रमा काम गर्दै आएका छन् ।

चालु आर्थिक बर्षमा घोराही उपमहानगरपालिकाको छ लाख बजेटले डबरी सोतादेखि पिपलबोटसम्म तारबार गरिएको थियो भने आगामी बर्ष पिपलबोटदेखि पुल्चोकम्मको क्यारीमा तारबार गर्न सात लाख बजेट प्रस्ताव गरिएको घोराही उपमहानगरपालिकाका विपद् तथा वातावरण समिति संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो ।


घोराही–प्युठान सडकको पुल्चोकदखि डबरीसोतासम्मको सडकलाई हरियाली सडकको रुपमा विकास गर्न सडकको बीच क्यारीमा विभिन्न प्रजातिका विरुवा रोपिएको छ । सडकबीचको क्यारीमा करबीर, धुपी, चाँदनी, असारे, अलमुण्डा, लालुपाते, छतिश, घन्टीफूल र ज्याकराण्डा रोपिएको छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, सरसरफाइ शाखा प्रमुख प्रेम केसी, संयुक्त टोल विकास संस्थाका अध्यक्ष कृष्ण आचार्यलगायतले विरुवा लगाउनुभएको थियो ।

Facebook Comments