• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुनारको स्मृतिमा श्रद्धाञ्जलीसभाः अभिभावकको प्रेरणाबाट अघि बढ्नुपर्नेमा जोड




शान्तिनगर गाउँपालिका २ सहिद लक्षणगाउँ कालिदमारमा मानसिंह सुनारको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । सुनारको ७४ बर्षको उमेरमा निधन भएको थियो ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शान्ति नगर गाउँ समितिको आयोजनामा श्रद्धाञ्जलीसभा भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज जीवन गौतमले जन्म मृत्युजस्ता समाजिक संस्कारलाई सहज र सरल बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

नेपाली समाज परिवर्तनको दिशामा रहेको औल्याउँदै उहाँले परिवर्तनलाई तीब्रता दिन अझै मेहनत गर्नुपर्ने बताउनुभयो । परिवारलाई क्रान्तिकारी आन्दोलनमा लाग्ने प्रेरिरत गर्ने सुनारको समाज रुपान्तरणमा महत्वपूर्ण योगदान रहेको पनि उहाँले बताउनुभयो ।


बिशिष्ठ अतिथि नेकपाका अर्का केन्द्रीय सदस्य एवं दाङ जिल्ला सहइञ्चार्ज निर्मल आचार्यले मानिसलाई बाँच्दासम्म जीवनको अनुभूति गराउनुपर्ने र मरेपछि धेरै तडकभडक गर्न आवश्यक नहुने बताउनुभयो ।

मृतक अभिभावकबाट प्रेरणा लिने र उनीहरुले छाडेका सपना पूरा गर्नु हरेक सन्तानको दायित्व हुने पनि उहाँले बताउनुभयो । छोरा नेकपाका जिल्ला सचिवालय सदस्य खर्के सुनार ‘शिशिर’ले बुवाले परिवारलाई असल अभिभावकत्व दिनुका साथै आफूहरुलाई क्रान्तिमा लाग्न प्रेरित गरेको बताउनुभयो ।


नेकपा शान्तिनगर गाउँ समिति अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य नारायणी शर्मा, प्रदेश सचिवालय सदस्य लुमाकान्त न्यौपाने, जिल्ला सचिव तुलसीराम पुन ‘सुवास’, प्रदेश सदस्य भीमबहादुर ओली, जिल्ला सचिवालय सदस्यहरु कृष्ण भुसाल, नेवबहादुर रोका, जिल्ला सदस्य राधिका परियारलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन गाउँ समिति सचिव गोबिन्द भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments