दाङका एक ७० बर्षीय बृद्धले कोरोना जित्नुभएको छ । लामो समयदेखि दम रोगको समस्याबाट ग्रसित बंगलाचुली १ का पदम घर्ती कोरोना जितेर घर फर्कनुभएको छ ।
बृद्ध र श्वासप्रश्वासको समस्या भएका व्यक्तिमा कोरोना असर बढी देखिने भए पनि उहाँ कोरोना जितेर फर्कनुभएको छ ।
जेठ २० गते बंगलाचुली १ स्यूजामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका १३१ जनाको स्वाब परीक्षण गर्दा मा ७० बर्षे बृद्ध घर्तीसहित २ जनामा नतिजा आएपछि कोरोना बिशेष अस्पताल बेलझुण्डीमा भर्ना हुनुभएको थियो । घर्तीसहित दुबै जना कोरोना जितेर घर फर्कनुभएको छ ।
‘पहिलेदेखि नै दम रोगको बिरामी भएकाले थप समस्या आउँछ कि भन्ने डर लागेको थियो तर अब बाँचियो’– ७० बर्षे घर्तीले भन्नुभयो ।
बृद्ध घर्ती बेसहाराजस्तै भएकाले बुढेशकालमा पनि काम गर्न भारत जानुभएको थियो र उहाँको आधा भन्दा बढी उमेर भारतमा चिया पसल र अन्य ठाउँमा मजदूरी गरेर बित्यो । ‘कोरोनाबाट बाँच्नका लागि भनेर नेपाल आउँदा उल्टै कोरोनाले भेटाएछ’– उहाँले भन्नुभयो– ‘अब त मरिन्छ कि भनेको अब बाँचेर फर्कदा खुशी लागेको छ ।’
खास्सै कान नसुन्ने, दम रोगको बिरामी भएकाले रातभर खोक्ने गर्नुभएको थियो । चिकित्सकको उच्च निगरानीमा रहेर उहाँले कोरोना जित्नुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।