• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दार्माको प्राथमिकताः महामारीसँग लड्ने, रोजगारीका अवसर दिएर अघि बढ्ने





सल्यानको दार्मा गाउपालिकाले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउपालिकाले सोमवार गाँउसभा मार्फत आगामी आव २०७७।०७८ को निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । जसमा महामारी र रोजगारी पहिलो प्राथामिकतामा परेका छन् ।

‘रोकौँ महामारी, उठाऔँ पूर्वाधार ः बढाऔँ उत्पादन, बनौँ स्वरोजगार’ भन्ने मुल नाराका साथ गाउपालिकाले ल्याएको आगामी आवको निति तथा कार्यक्रममा कोरोना भाइरसको रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको ब्यबस्था गर्दै महामारीवाट जनतालाई सुरक्षित राख्ने उल्लेख गरिएको छ ।

यस्तै नागरिकलाई सुरक्षित साथ राख्न स्थानिय स्तरमा मनोसामाजिक परामर्श सहित घरेलु उपचार पद्धतीलाई प्राथामिकता दिइने छ । गाउसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउपालिका अध्यक्ष निम बहादुर केसीले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर गुणस्तरीय र आधारभूत स्वास्थ्य सेवाको पहुँच बृद्धि गरिने बताउनुभयो । जसका लागी पालिका स्तरमा एक सुविधायुक्त अस्पताल वनाइने छ ।

शैक्षिक क्षेत्रको गुणस्तर सुधारमा मासिक रुपमा एक दिन बिद्यालयमा जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिने छ । सडक, बिद्युक्त, खानेपानी, सिँचाइलाई पनि जनसहभागीतामा अगाडी बढाइने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै सामाजिक कुरिती र कुसंस्कारको अन्त्य समन्नुत समाज निर्माणमा जोड दिइने छ ।

कृषिमा चक्लाबन्दी गर्न प्रोत्साहन गर्दै समुह र सहकारी खेतीमा आधारित वजारमुखी उत्पादनमा जोड दिइने छ भने दार्मा गाउपालिकालाई दूग्ध पकेट क्षेत्रको रुपमा बिकास गरिने छ । उत्पादनलाई उद्यम सँग जोड्दै उद्यमीलाई प्रोत्साहन गर्न उपाध्यक्ष सँग उद्यमी कार्यक्रम सञ्चालन गरिने छ ।

यस्तै गाउपालिकाका सबै वडाहरुमा एक–एक वटा सुपथ मूल्यका खाध्य डिपो सञ्चालन गर्न प्रोत्साहन गरिने छ । यस्तै धुँवा रहित चुलो बनाउने कार्यलाई सञ्चालन गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Facebook Comments