• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्खा सम्झने नयाँ शैलीः बुवाको सम्झनामा वडा कार्यालयका लागि २५ लाखको जग्गा दान




भूमे गाउँपालिका‐५ वडा कार्यालय भवन निर्माणको लागि स्थानीय समाजसेवी रत्नबहादुर बुढा मगर र सत्यमान बुढामगरले २५ लाख मूल्य पर्ने जग्गा दान गरेका छन् । भूमे‐५ वडा कार्यालयको लागि सेराबाङमा रहेको बुढाका जग्गा एक हजार पाँच सय वर्गमिटर क्षेत्रफलको जग्गा दान गरेका हुन् ।


दिवगत रत्नबहादुरको बुवा जुद्धविर बुढा र दिवंगत सत्यमानको बुवा जपती बुढाको सम्झनामा मंगलबार मालपोत कार्यालय रुकुमपूर्वमा वडा कार्यालयको नाममा रजिष्ट्रेशन पास जग्गा निःशुल्क उपलब्ध गरेका छन् । वडाध्यक्ष टेकप्रसाद बुढा मगर मार्फत वडा कार्यालयलाई जग्गा हस्तान्तरण गरेका हुन् ।


महिला भवनबाट वडा कार्यालय संचालन भइरहेकाले वडा भवन निर्माणको लागि निःशुल्क जग्गा दान गरेको रत्नबहादुर बुढामगरले बताउनुभयो । वडाका स्थानीयले आफ्नै वडा कार्यालय भवनबाट सहज तरिकाले सेवा पाउन भन्ने उद्देश्यले आफू दुईले जग्गा दान गरेको बुढामगरको भनाइ छ ।


रत्नबहादुर बुढामगर स्थानीय तहको निर्वाचनमा मंगोल नेसनल अर्गनाइजेसन नेपाल पार्टीबाट भूमे गाउँपालिका अध्यक्ष उम्मेद्वारमा पराजित हुनुभएको थियो । वडा कार्यालयको लागि जग्गा निःशुल्क दान गरेको प्रति वडाध्यक्ष बुढामगरले उहाँ दुईलाई धन्यवाद दिनुभएको छ । वडा कार्यालय भवन निर्माणको लागि छिट्टै गाउँपालिकासँग सल्लाह गरी पहल गर्ने वडाध्यक्षले जानकारी दिनुभयो ।

वडाबासीले रकम उठाएर स्वास्थ्य भवनको जग्गा किने
सोही वडाकै सेराबाङ गाउँका जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, आमा समूह, वन समूह, विभिन्न कार्यालयका कर्मचारीले स्वच्छिक रूपले उठाइएको ६ लाख ८३ हजार ८ सय १८ रुपैयाँ उठाएर स्वास्थ्य भवन निर्माणको लागि जग्गा किनेका छन् । हाल उक्त वडामा सामुदायिक स्वास्थ्य इकाइ रहेकोमा अहिले खोपकेन्द्र भवनबाट सेवा दिइराखेको छ ।


उठेको रकमबाट सेराबाङमै वडा सदस्य सीता बुढाको ६ सय ४० वर्गमिटर क्षेत्रफलको जग्गालाई ६ लाख ५० हजार रुपैयाँमा किनी अहिले उक्त जग्गामा संघ सरकारको सशर्त अनुदानको ३९ लाख बजेटले भवन निर्माण भइरहेको वडाध्यक्ष बुढामगरले जानकारी दिनुभयो । उक्त जग्गालाई १० लाख रुपैयाँ बराबरको मूल्य पर्ने भएता पनि वडा सदस्याले स्वास्थ्य भवनको लागि सस्तो मूल्यमा जग्गा बिक्री गर्नुभएको हो ।


स्वास्थ्य भवनको लागि रकम उठाउनेहरू गाउँको आयस्रोत तीन लाख ४५ हजार ८ सय १८, सेराबाङ वन समूहको एक लाख, वडाध्यक्ष टेकप्रसाद बुढामगरले ४० हजार, शिक्षक मोहनसिंह पुन र पुनको श्रीमति शिक्षिका प्रेमा पुन दुईको तर्फबाट ४२ हजार, आशा परियोजना संस्थाका सामाजिक परिचालक जालमाया बुढाले २५ हजार, सामुदायिक स्वास्थ्य इकाइ सेराबाङका इञ्चार्ज प्रकाश बिकले १४ हजार , त्यसैगरी बालविकास शिक्षिका धनकुमारी बिकले ६ हजार, ढोकाबहादुर बुढाले १३ हजार, शिक्षक कमानसिंह बुढा १३ हजार, शिक्षिका सीमाना बुढा १३ हजार, धर्मकुमारी बुढा अनमी १२ हजार, शिक्षक आयुष बुढा १५ हजार, सेराबाङ महिला विकास समितिको तर्फबाट १० हजार, ज्वालामूखी आमा समूहको तर्फबाट २० हजार, दात बुढा ५ हजार, गोङ्थोल बिक ५ हजार र लहरबहादुर बिक ४ हजार यी लगायत सेराबाङबासीले स्वास्थ्य भवन निर्माणको लागि रकम जुटाएर जग्गा किनेका हुन्

Facebook Comments