रुकुम (पूर्व)मा दलित महिला सदस्य बाटोबाट लडेर मृत्यु भएको छ । भूमे गाउँपालिका–४ का ५८ वर्षीया धनसरी कामी बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार साँझ कामी घरबाट बिहीबारको गाउँसभा बैठकको लागि गाउँपालिका कार्यालय खाबाङबगर तर्फ निस्किनु भएका कामी सोही वडाको रेलघैरा भन्ने ठाउँको भीर बाटोबाट करिब १३ मिटर तल लडेर घाइते अवस्थामा भेटिनु भएकोमा उपचारको लागि स्वास्थ्य चौकी काँडा लिदै गर्दा बाटोमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुकुमपूर्वमा ल्याइदै छ ।
आजको गाउँसभा बैठकका लागि हिजो साँझ घरबाट आफ्नो छोरीको घर भूमे‐३ सीमामा बास बस्नका लागि घरबाट निस्किनु भएको कामीका परिवारले बताएका छन् । कामी नेपाली कांग्रेस पार्टीबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।