दंशीशरण गाउँपालिका वडा नम्बर ५ ले उत्कृष्ट सासु र बुहारीलाई सम्मान गरेको छ ।
वडाधयक्ष दीपक गौतमले दूरी कायम गरी उत्कृष्ट सासुबुहारीलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा आठ जना सासु र तिनका मिल्ने बुहारीलाई सम्मान गरिएको थियो ।
समाजमा सासु र बुहारीबीच सौहार्दपूर्ण सम्बन्ध कम हुने गुनासो आइरहेको बेला समाजका उत्कृष्ट सासुबुहारीलाई सम्मान गरिएको वडाध्यक्ष गौतमले जानकारी दिनुभयो ।
यसले अन्य सासुबुहारीमा पनि सकात्मक सम्बन्ध कायम गर्न सहयोग पुग्ने उहाँको विश्वास छ । कार्यक्रमको सहजीकरण वडा सचिव प्रेमप्रकाश चौधरीले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।