गङगादेव गाउपालिका रोल्पामा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ करोड १६ लाख ६० हजार ७४० बजेटमा ३ वटा आधारभुत स्वास्थ्य केन्द्रका पक्की भवन निर्माण हुने भएका छ्न ।
गङगादेव गाउपालिका वडा नम्बर५ को आधारभुत स्वास्थ्य केन्द्र रहेको लोदचवरमा ३८ लाख ८६ हजार ९२० लागतमा उपभोक्त समिति मार्फत निर्माण कार्य सुरु गरिएको छ । गङगादेव गाउपालिका प्राबिधिक शाखाले २ तला ,२ वटा सौचालय सहित ६ कोठाको स्टेमेट गरेको इन्जिनियर नवीन डागिले बताउनु भएको छ ।
उक्त भवन निर्माण गर्दा उपभोक्तले १०% श्रम दान गर्नु पर्ने छ । तेसै गरि गङगादेव गाउपालिका वडा नम्बर ६ को आधारभूत स्वास्थ्य केन्द्र गोर्जलेमा ३८लाख ८६ हजार ९२० लागत आधारभुत स्वास्थ्य केन्द्रको पक्की भवन निर्माण कार्य सुरु गरिएको छ ।
उक्त भवनको २ तला ,२ सौचालय सहित ६ कोठाको स्टेमेट गरिएको छ । यसै बिच गङगादेव गाउपालिका वडा नम्बर ३को आधारभुत स्वास्थ्य केन्द्र कुकुर गारेमा पनि ३८लाख ८६ हजार ९२० लागतमा स्वास्थ्य केन्द्रको पक्की भवन निर्माण कार्य छिटै सुरु हुने वडा नम्बर ३ का अध्यक्ष जलेश कुमार केसिले बताउनु भएको छ ।
गङगादेव गाउपालिका रोल्पाले आर्थिक बर्ष ०६७/०७७ मा घर भाडामा लिएर वडा नम्बर ५ लोद चवर , वडा नम्बर ६ को गोर्जलेखोला र वडा नम्बरको कुकुर गारेमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरेर नियमित सेवा पर्वाह गर्दै आएको छ । घर भाडामा लिएर स्थापना गरिएका ३ वटै आधारभुत स्वास्थ्य केन्द्रका पक्की भवनको गाउकार्यपालिकाको निर्णय अनुसार उपभोक्ता समिति मार्फत काम गराउने गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले बताउनु भएको छ ।
उक्त पक्की भवन निर्माणको भुक्तानी काम प्रगति बिवरणको आधारमा गरिने गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत सक्कल देव यादवलाई उद्दृत गर्दै गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।