लक्डाउनको बेला अरुको घर जान र अरुलाई आफ्नो घरमा स्वागत गर्न लगभग बन्द भएको छ । मान्छेहरुको आउजाउ बन्द भयपनी चराहरुलाई लकडाउनले रोकेको छैन, उनीहरु सधैं झै स्वतन्त्र छन ।
चराहरुको स्वोतन्त्रता देख्दा रहर कस्लाई लाग्दैन होला । चराहरुलाई धपाउने, हन्ने, लेखेट्ने जस्ता काम नगर्ने हो भने चराहरुले तपाईंको घरलाई सुरछित ठान्छन, नजिकै जदा समेत भागदैन, किनकी उनिहरुलाई तपाईंमाथि विशवास हुन्छ ।
लकडाउनको बेला सबै घरभित्र छन यो फुर्सदिलो समयमा घर वरीपरी भएका चराहरु मज्जाले हेर्ने मौका मिलेको छ। हाम्रो घर ओरिपरी अहिले ५ थरी चराको गूड् छन, भङेराको ३ जोडीले एकै ठाउँमा गूड् लगाएका छन, पहिले पुराना घरका खोपीमा गूड् बनाउथे अहिले पुरना घर हराए । कहिले बिजुलीको पोलमा कहिले घरको पाइपमा गूड् लागाउन सिकिसकेका छन,२ थरीका जुरेली गूड् लगएका छन, बुङे चराको गूड् पनि अद्भुत छ ।
घरमा पात सिउने चराले पहिलो पटक गूड लगएको छ, २ वटा पात जोडेर बनाएको गूड् अद्भुत छ । पहिलो पटक त्यस्तो गूड् देख्नु भएको बुवा झन अचम्मित हुनुहुन्छ, चरा डराउला भनेर हामी गूड्को नजिक जादैनौ, नयाँ पहुना तर्सिन्छ कि भन्ने डर हुदो रहेछ, यो पाहुन फेरी फेरी पनि आउँदै गरोस भन्ने हाम्रो चाहना छ
बुवा आमाले जहिले पनि खाना खानु अघी देउता पित्रीलाई खाना चढाउनु हुन्छ, त्यो चढाएको खान फाल्नु हुँदैन, चरालाई राखदिन्छौ पित्रीको नाममा । आमाले मन्दिरमा पूजा गर्दा र तुलसी मोठमा तिलानी पानी चढाएको एक्छिनमै भङेरा तिल र जौ टिप्न आईपुग्छन मानौ जसरी म टिका लगाउन पर्खेको हुन्छु उनिहरु तिल र जौ टिप्न पर्खेका छन ।
बिस्कुन सुकाउने दिन चराहरुको बगाल नै भेला हुन्छन, लाग्छ कि आज टोल छिमेकका सबै चराहरुको पिक्निक छ । फोटो खिच्ने बहानामा गूड् नजिकै जानु हुँदैन, चराहरु अप्ठेरो मन्न सक्छन, ठाउँ नै छोड्न पनि सक्छन, राम्रो फोटो लिने निहुमा पहुना चरा भागाउनु हुँदैन बरु हरेक पटक गूड् बनाउन आउने वातावरण बनाउनु पर्छ, । सकिन्छ भने टाढाबाट फोटो खिच्ने सकिदैन भने आँखामा कैद गरेर राख्ने गर्नु पर्छ ।
हाम्रो घरमा ठुला रुख छैनन, ३ बर्ष पहिले लगाएका रुख हुर्किदै छन तर घर छेउमा रहेको खानेपानी कार्यलयमा रहेका ठुला सिसौको रुख केही समय पहिले काटिय, धनेस, हलेसो, लोटोकोसेरोहरु अहिले देखिन छोडेका छन, सानो बारीको कुनामा हामीले रोपेका बिरुवाहरु कहिले ठुला होला र फेरी धनेस हलेसो र लाटोकोसेरोहरु पाहुना बनेर आउँलान हामी कुर्दै छौ ।
(लेखक संरक्षणकर्मी हुनुहुन्छ)
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।