दाङमा क्रियाशील तीन विद्यार्थी संगठनले विज्ञप्ति जारी गरी निजी विद्यालय सञ्चालकहरुले असार महिनादेखि विद्यार्थी भर्ना गरेर शुल्क लिने भनिएकोमा आपत्ति जनाउँदै त्यस्तो काम नगर्न आग्रह गरेका छन् ।
अनेरास्ववियू दाङका संयोजक जंग रोका, नेबिसंघ दाङका कावा सभापति टोपबहादुर बुढाथोकी र अखिल क्रान्तिकारी दाङका अध्यक्ष अनिल केसीले संयुक्त विज्ञति प्रकाशित गरी यस्तो आग्रह गर्नुभएको हो ।
‘निजी विद्यालयका सञ्चालकहरुले यही असार महिनादेखि विद्यार्थी भर्ना गर िविभिन्न माध्यमबाट पठनपाठन गरेर शुल्क ल्याउने भनिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’– विज्ञप्तिमा भनिएको छ– ‘सैद्धान्तकरुपमा सबै विद्यार्थीको पठनपाठन छिट्टै शुरु गर्नुपर्ने कुरामा हामी सचेत र जिम्मेवार छौं तर कोभिड १९ को कारण विद्यार्थीहरुको जीवनलाई प्रयोगशाला हुनसक्ने कुरामा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा निजी विद्यालयका सञ्चालकहरुले शुल्क असुल्ने नियतका साथ यस्ता कुनै पनि कार्य नगर्न आग्रह गर्दछौं ।’
चैत महिनामा लिएको शुल्क समायोजन गर्न आग्रह गर्दै विज्ञप्तिमा पठनपाठन पूर्णरुपमा सञ्चालन नहुँदासम्म कुनै पनि शुल्क नलिन भनिएको छ । साथै अभिभावकलाई पनि कोरोना संकट नसकिदासम्म विद्यार्थी भर्ना नगर्न र शुल्क नबुझाउन आग्रह गरिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।