सोनापुर मिनिरल्स अएल प्रा.लि.ले बंगलाचुली गाउँपालिकालाई खाद्यान्न सहयोग गरेको छ । सोनापुर मिनिरल्स अएल प्रा.लिले बिहिबार १ सय २० बोरा चामल,१ सय २० पोका तेल र १ सय २० किलो नुन सहयोग गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीलाई मध्यनजर गर्दै देशभर भएको लकडाउनको समयमा यस गाउँपालिकाको क्वारेन्टाईन तथा आईसोलेसनमा बसेका स्थानियलाई खाना खुवाउन सहयोग होस् भन्ने हेतुले खाद्यान्न सहयोग गरेको हो ।
राहात सामग्री सोनापुरका प्रतिनिधिले बंगलाचुली गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत नेव बहादुर वली र उपाध्यक्ष यमुना घर्तीलाई हस्तान्तरण गरेका थिए । यसैविच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाङ जिल्ला सचिव तुलसीराम पुन (शुवास)को अगुवाईमा विभिन्न व्यक्तीहरुले सहयोग गर्ने क्रम निरन्तर जारी रहेको छ ।
पुनको पहलमा समाजसेवी नवल सिङ जिएम तथा गोर्खा ईन्टरनेस्नल बोर्डिङको तर्फबाट २ सय ५० किलो चामल , २५ किलो मसुरो दाल , ३० किलो चना , ३० किलो केराउ , ८ किलो प्याज र ५ किलो नुन सहयोग प्राप्त भएको छ ।
त्यसैगरी व्यवसायी नारायण पौडेल र राजेश आचार्य द्वारा ११ वटा कमल सहयोग प्राप्त भएको छ । नेकपा नेता शुवास पुनको पहलमा यस अघि पनि खाद्यान्न तथा तरकारी,कपडा,खेलकुदका समग्रीहरु प्राप्त भएको छ
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।