जिल्ला कारगार प्यूठानमा बन्दी रहेका ७२ वर्षीय वृद्ध खगिराम राम्जालीको बुधवार मृत्यु भएको छ ।
कर्तव्य ज्यान मुद्दामा थुनामा रहनुभएका राम्जालीको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा बुधवार राति मृत्यु भएको जिल्ला प्रहरी प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको शवलाइ पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने छ ।
कर्तव्य ज्यान मुद्दामा २०७२ साउन १७ देखि कारगार चलान हुनुभएका राम्जालीलाइ १५ वर्षको सजाय सुनाइएको थियो । उहाँको ठेगाना स्वर्गद्वारी नगरपालिका ३ मा रहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।