• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोटका क्वारेन्टाईनमा योग शिविर





रुकुम पश्चिमको मसीकोट नगरपालिकाले क्वारेन्टाईनमा रहेकाहरुका लागि योग सिकाउन थालेको छ । क्वारेन्टाईनमा रहेकाहरुको रोग प्रतिरोधात्मक क्षेमता बढाउन, डर, त्रास, हटाउन योग शिबिर संचालन गरिएको हो

मुसीकोट आर्युवेदिक औषधालयको सहयोगमा क्वारेन्टाईनमा रहेकाहरुको लागि योग शिबिर संचालन गरिएको छ । सोमबार नगरपालिकाको तिन ओटा क्वारेन्टाईनमा सिकाइएको योग आज दुई ओटा क्वारेन्टाईनमा सिकाइएको छ । नगरपालिकाको वडा नम्वर ११ मा रहेको ज्ञानोदय माध्यामिक बिद्यालय क्वारेन्टाईनमा रहेका ३३ जना र जनकल्याण माध्यामिक क्वारेन्टाईन भलाक्चामा रहेका २४ जनालाई योग सिकाइएको हो ।

त्यस्तै सोमबार प्रभात मावि दोपाई, महेन्द्र मावि छिवाङ र दियो आधारभुत बिद्यालय छिबाङ खोलामा रहेको क्वोरन्टाईनमा योग शिविर संचालन गरिएको थियो । क्वारेन्टाईनमा बस्दा हुने थकान, कोरोनाको कारण रहेको डर हटाउन योग शिबिर संचालन गरिएको निमिक्त प्रमुख प्रशासकिय अधिकृत नरविर खड्काले जानकारी दिनुभयो ।

योग गूरुबाट योग सिकाउने र सोहि सिकेको आधारमा क्वारेन्टाईनमा रहेकाहरुले योग गर्ने बताइएको छ । क्वारेन्टाईनमा बसेकाहरुलाई योग गुरु समोज देवकोटाले योग सिकाई रहनुभएको छ । नगरपालिकाले नगरका सबै १९ ओटा क्वारेन्टाईनमा योग सिकाउने बताएको छ ।

त्यस्तै नगरप्रमख देविलाल गौतमले क्वारेन्टाईनको अवस्थाको बारेमा जानकारी लिनुभएको छ । नगरका केहि क्वारेन्टाईनमा पुगेर नगर प्रमख गौतमले क्वारेनटाईनमा रहेकाहरुको गुनासो सुन्नुभएको हो । नगरपालिकाले स्थापना गरेको १९ ओटा क्वारेन्टाईनमा भारत तथा देश बिभिन्न ठाउँबाट आएर मानिस बसेका छन् ।

नगरमा रहेका क्वारेन्टाईन व्यवस्थापनको लागि नगर प्रमुख क्वारेन्टाईनमा रहेकाहरुको गुनासो सुन्ने र गुनासो सम्बोधनमा लाग्नुभएको हो । नगर प्रमख गौतमले क्वारेनटाईनमा गरिएको व्यवस्थाको बारेमा जानकारी लिने गर्नुभएको छ ।।

Facebook Comments