कोरोना कहरको विचमा बंगलाचुली गाउँपालिकालाई जिमिन नेपाल संस्था बैद्ध काठमाडौंले खाद्यान्न सहयोग गरेको छ ।
बंगलाचुली गाउँपालिका वडा नम्बर २ का वडा सदस्य चुके सुनारको पहलमा सो सामग्री गाउँपालिकालाई प्रदान गरिएको हो ।
वडा सदस्य चुके सुनारले बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीलाई सो सामग्री हस्तान्तरण गर्नु भएको हो । जसमा चामल ३० बोरा, दाल ५० केजी, नुन १० केजी, तेल २ पेटी रहेको छ ।
यो महामारीको समयमा सहयोग सामग्री जुटाउन पहल गर्ने वडा सदस्य चुके सुनार र जिमिन नेपाल संस्थालाई गाउँपालिकाले धन्यवाद दिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।