पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानले कोरोना रोकथाम उपचार तथा राहत कोषमा १ लाख सहयोग गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई प्रतिष्ठानले १ लाखको चेक हस्तान्तरण गरेको हो । सिङो देश कोरोना महामारी विरुद्ध लडिरहेको बेला सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको प्रतिष्ठानका कोषाध्यक्ष रुद्र ढुंगेलले बताउनु भयो ।
२०७१ साल भदौ ३० गते हृदयघातबाट निधन हुनु भएका तत्कालिन एकीकृत माओवादीका उपाध्यक्ष पोष्ट बहादुर बोगटीको नाममा गठित प्रतिष्ठानले विभिन्न मानवीय तथा सामाजिक सहयोगका कार्यक्रम गर्दै आएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।