• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा ४० बेडको आइसोलेशन सञ्चालनमा, ५० को बन्दै





दाङमा कोरोना संक्रमितहरुले आईसुलेसन नपाएको गुनासो बढिरहेको अवस्थामा बंगलाचुली गाउँपालिकाले ४० बेटको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएको छ । यसलाई ५० बेडको बनाउन तयारी थालिएको छ ।


अहिले गाउँपालिकाले वडा नम्बर ४ को झुलिडाँडामा १५ बेडको र वडा नम्बर १ को प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा २५ बेडको आईसुलेसन निर्माण गरीसकेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले जानकारी दिनु भयो । साथै प्राथमिक स्वास्थ्य केन्द्र स्यूजामा १० बेड पछि थप गरिने समेत प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिनु भयो ।

बंगलाचुली गाउँपालिकाले अहिले १४ जना कोरोना संक्रमित विरामीहरुलाई आफ्नै आईसुलेसनमा राखेर उपचार समेत थालि सकेको छ । यसभन्दा पहिले संक्रमित भएका ४ जनालाई कोरोना अस्पताल बेलझुण्डीमा राखीएको छ ।भने प्युठान जिल्लाका २ जनालाई माण्डवि गाउँपालिकामा हस्तान्तरण गरीएको छ ।


संकट व्यवस्थापन केन्द्र दाङको जेष्ठ २१ गते बसेको बैठकले हरेक स्थानियतहले आफ्नो पालिकामा संक्रमितहरुलाई राख्न आईसुलेसन निर्माण गर्ने गरेको निर्णयअनुसार आईसुलेसन तयार पारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वलीले बताउनु भयो ।

कोरोना संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको र जिल्लामा आईसुलेसनको प्रयाप्त व्यवस्था नभएको भन्दै संक्रमितहरुलाई उपचार गर्नका लागि पालिकाले आफै आईसुलेसन बनाउनु पर्ने निर्णय गरेको थियो ।


बंगलाचुली गाउँपालिकाको आईसुलेसनमा मेडिकल अधिकृत सहितको स्वास्थ्यकर्मीहरुको टिमबाट संक्रमितहरुलाई स्वास्थ्य उपचार तथा परामर्स, उपयुक्त प्रेसणको व्यवस्था, सन्तुलित आहारको व्यवस्था गरेको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जिसीले जानकारी दिनुभयो । साथै आईसुलेसनमा आवश्यकता अनुसार अक्सिजनको व्यवस्था समेत गरिएको उहाँले बताउनु भयो ।

बंगलाचुली गाउँपालिकामा पिसिआर परिक्षणका क्रममा दिन प्रतिदिन कोरोना संक्रमण देखिन थालेको छ । गाउँपालिकामा बिहिबारसम्म एक जना वडा अध्यक्ष र दुईजना प्युठान जिल्लाको गरी जम्मा २० जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । प्युठान दुइ जनालाई भने सम्बन्धित जिल्लाको पालिकाले लगिसकेको छ ।

Facebook Comments