कोविड १९ ले विश्वव्यापी रुपमा अर्थतन्त्रलाई असर गर्ने प्रष्ट छ व्यवसाय निरन्तरता र सुनिश्चित गर्न डिजिटल बैंकिङ सेवा महत्वपूर्ण हुनेछ। अब विश्वोव्यापी रुपमा सबैलाई सताइरहेको कोरोना भाइरस का कारण विश्व जगत सगै नेपालको बित्तिय क्षेत्र अत्यन्तै खस्कने देखिन्छ । गत वर्ष बित्तिय क्षेत्रले नेपालको कुल घरेलु उत्पादन (जिडिपिमा) कारीब ६.३ प्रतिशत ले योगदन पुर्याएको थियो । यो एक दशक यता कै उच्च थियो ।
कोरोना भाइरस महामारी को बर्तमान अवस्थामा परम्परागत बैंकिङ प्रणाली लाई चुनौती दिएको छ । डब्लु एच ओ ले पैसा बाट सन्क्रमन फैलिने भन्दै मानिसहरु लाई सके सम्म बैंक बाट पैसा को कारोबार नगर्न र नगत रहित भुक्तानि मा जोड दिएको छ । विश्वमा कतिपय देश का बैंक ले बाहिर को पैसा प्रयोग नगर्ने त कतिपय ठाउँमा पैसालाई किटानु रहित बनाउनु का साथै पैसा लाई पनि क्वारेन्टिनमा अर्थात ७ देखी १० दिन सम्म छुट्टै राख्ने अभ्यास गरेका छन ।
अहिलेको अवस्थाले डिजिटल बैंकिङ सेवा को आबस्यकता लाई अझ ब्यापक बनाएको छ । डिजिटल बैंकिङ सेवामा ग्राहक लाई बैंक सम्म जानु पर्ने छैन र अहिलेको अवस्थामा तनाब झेल्न पर्ने छैन । कोभिड १९ संकटको परिणाम स्वरूप अहिले अनलाइन बैंकिङ गतिविधिको वृद्धि र शाखा पुगेर सेवा लिने सङ्ख्यामा गिरावट आएको छ ।
हालको महामारीले डिजिटल बैंकिङ सेवा लिन झन्झिटिलो मान्ने ग्राहकहरुलाई नयाँ पूर्वनिर्धारितको रूपमा डिजिटल बैंकिङ सेवा अपनाउन बाध्य तुल्याएको छ। कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ , ई-वालेट, पोइन्ट अफ लेनदेन (पीओटी) र पीओएस मेसिन बाट नै नेपालमा लेनदेनको लागि डिजिटल बैंकिङ का माध्यमहरु हुन। त्यस्तै इलेक्ट्रोनिक चेक क्लीयरन्स (ईसीसी), इन्टरब्याक भुक्तानी प्रणाली (आईपीएस) र स्विफ्ट (सोसाइटी फर वर्ल्डवाइड इन्टरब्यान्क फाइनान्स टेलीकम्युनिकेसन) पनि डिजिटल बैंकिङ उपकरणहरू हुन जुन प्रयोगकर्ताहरू ले ठूलो रकम करोबर लागि प्रयोग गरिरहेका छन।
राष्ट्र बैंकका अनुसार २०७६ पौस मसान्त सम्म बैंक तथा वित्तीय संस्थाहरु ७३ वटा रहेका छन त्यस्तै ति सस्थाहरु का ५५३३ शाखा रहेका छन जसमा ३ करोड ११ लाख १२ हजार १ सय ९४ निक्षेप खाता र १४ लाख ९८ हजार ४ सय ६७ कर्जा खाता उपयोग गरेको पाइन्छ । बैंक तथा वित्तीय सस्था बाट विभिन्न प्रकारका कार्ड लिने ग्राहकहरू ७४ लाख २६ हजार २ सय सतहत्तर रहेका छन । डेविड कार्ड प्रयोग गर्ने प्रयोकर्ताको संख्या सबैभन्दा बढि ७२ लाख १५ हजार ६ सय ४६ छ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ता १ लाख ४६ हजार ८ सय ५६ र प्रिपेड कार्ड प्रयोगकर्ता ६३ हजार ७ सय ७५ रहेका छन । राष्ट्र बैंकका अनुसार एटिएम काउन्टरको संख्या २०७६ पौष सम्म ३ हजार ६ सय ६२ वटा छ ।
यसै गरी इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २०७६ पौष मसान्त सम्ममा ९ लाख ६९ हजार ५५ रहेको छ भने मोबाइल बैंकिङ सेवा लिनेको संख्या ९८ लाख ६२ हजार ३७ रहेको छ । उक्त डाटा बाट पनि के बुझ्न सकिन्छ भने नेपाल मा दिनानु दिन मान्छेहरु डिजिटल बैंकीङ तर्फ आकर्षित हुँदै गैरहेका छन । यहाँ फोन प्रयोगकर्ताको संख्या ३ करोड २८ लाख रहेको आर्थिक सर्वेक्षणको तथ्यांकले देखाएको छ । यसमा स्मार्ट फोन प्रयोगकर्ता बढी छन् जसले गर्दा पनि नेपालले डिजिटल बैंकिङको लाभ बढी लिन सक्ने देखिन्छ ।
राष्ट्रिय साइबर सुरक्षा सूचकांक २०१८ ले नेपाल लाई १०० मध्ये ९२ औं स्थानमा राखेको छ। यस बाट पनि साइबर खतराहरू रोक्न र अनावश्यक साइबर घटनाहरू प्रबन्ध गर्न नेपालको क्षमता कमजोर छ भन्ने बुझ्न सकिन्छ । पूर्वाधारको बिकास मा असक्षमता ,आईटी उपकरणको अभाव, कुशल जनशक्तिको अभाव, कमजोर पूर्वाधार छ। साथै सुरक्षा चुनौती ठूलो चिन्ताको विषय हो।
यही कारण पनि नेपाली जनाताहरु डिजिटल बैंकमा बिस्वस्त हुन अझै पनि सकिरहेका छैनन ।डिजिटल बैंकिङ पहुँचले उत्पादकत्वमा वृद्धि, समयको बचत ,लेनदेन मा लचकता ,जुनसुकै समय र स्थानबाट कारोबार,सरल र छिटो सेवा प्रवाह सञ्चालन गर्न सकिन्छ । साथै राष्ट्र बैंकका अनुसार नेपालमा एउटा नोट छाप्न करिब २ रुपैया लाग्ने गर्दछ र नोट्को आयु डेढ देखी तीन वर्ष सम्म रहन्छ ।
नेपाल राष्ट्र बैंक लाई नोट छाप्न मात्र करोडौ को पैसा लाग्ने गर्छ यि सबै प्रकार का खर्च बचाउन पनि डिजिटल बैंकिङ को भूमिका महत्वपूर्ण हुन्छ । यस्तै अनौपचारिक र अवैध कारोबारलाई निरूत्साहित गर्न, अनियमितता रोक्न, राजस्व चुहावट कम गर्न तथा अर्थतन्त्रको औपचारिकीकरण गर्न डिजिटल बैंकिङ कारोबार महत्त्वपूर्ण छ साथै डिजिटल कारोबार पारदर्शी हुने भएकाले व्यवसायी समेत करको दायरामा आउने, विद्यमान कर चुहावट र छलीलाई कानुनी दायरामा ल्याउन पनि डिजिटल कारोबार महत्त्वपूर्ण हुन्छ ।
विश्वका थुप्रै मुलुकहरु अहिले नगदरहित कारोबारमा आभ्यास गरिरहेका छन । त्यस्ता देशहरुमा पैसा मोबाइल वा इन्टरनेटमार्फत लेनदेन गर्न मिल्ने भएकाले नगद बोकिरहनुपर्दैन । सानो सामान देखी ठूल्ठूला किनमेलमा कारोबार नगदरहित हुने हुँदा चोरी, लुटपाट लगायत जोखिम पनि कम हुने हुन्छ । २०१९ मा भएको एक सर्बेक्षण का अनुसार अनुसार अमेरिका, बेलायत, नेदरल्यान्ड, नर्वे, जापान, डेनमार्क लगायत कादेशमा ९० प्रतिशत बढी कारोबार नगदरहित हुने पाइएको छ ।
बैंक तथा वित्तीय संस्थाका अतिरिक्त ई—सेवा, आईएमई —पे, प्रभु पे, खल्ती लगायतका बिभिन्न भुक्तानी सेवा प्रदायकहरु ले अनलाईनमार्फत मोबाइल रिचार्ज, बिजुली बिल भुक्तानी,अनलाइन यात्रा टिकट, अनलाईन शपिंग, चलचित्र टिकट, स्कूल / कलेज शुल्क भुक्तान, क्रेडिट कार्ड भुक्तान, बीमा प्रीमियम र अन्य धेरैको लागि भुक्तानी गर्न सकिने सुविधाहरू उपलब्ध गराएपछि आधुनिक बैंकिङ सेवाका प्रयोगकर्ता बढेका छन । आधुनिक बैंकिङ सेवामध्ये सबैभन्दा बढि मोबाइल बैंकिङमा सर्वसाधारणको आकर्षण देखिएको छ ।
सरकारले खरिद गरेको अनलाईन विद्युतीय भूक्तानी सेवा प्रणाली ‘नेसनल पेमेन्ट गेटवे’ लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन । राष्ट्रिय सूचना प्रविधि केन्द्रले करोडौं खर्चेर खरिद गरेको नेशनल पेमेन्ट गेटवे अहिले सञ्चालनमा नल्याएर थन्काइएको छ । नेशनल पेमेन्ट गेटवे मार्फत नागरिकले सरकारी निकाय र सार्वजनिक निकायलाई बुझाउनु पर्ने राजश्व शुल्क तथा तलब भत्ता लगायतका सरकारी खर्च सबै भुक्तानी डिजिटली गर्न सकिन्छ त्यस्तै सेवाग्राही लाई सुविधा मात्र होइन सरकारले मुनाफा समेत आर्जन गर्न सक्छ ।
बृद्ध भत्ता, सामाजिक सुरक्षालगायतका लोकल्याणकारी राज्यको अवधारणा अन्तर्गत नागरिकलाई प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाहरुसमेत नेसनल पेमेन्ट गेटवेमार्फत उपलब्ध हुने छ । उक्त सिस्टम सञ्चालनमा आए अन्तराष्ट्रियस्तरको कारोबारमा भूक्तानी गर्न थप सहज हुने छ ।
नेपालमा डिजिटल बैंकिङ लाई प्रसय गर्न सरकारले आईटी सम्बन्धी पूर्वाधार विकासमा जोड दिनु पर्छ जस्तै इन्टरनेट सुविधा, बिजुली लगायत साथै डिजिटल कारोबारमा देखिएका जोखिम र चुनौतीहरु लाई उन्मूलन गर्दै बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो आन्तरिक संरचनामा आधुनिकीकरण, आईटीविज्ञ तथा सफ्टवेयर, कर्मचारीहरू लाई तालिम ,ग्राहकलाई विश्वसनीय बैंकिङ सेवाहरू प्रदान गर्न र सुनिश्चित गर्नुका साथै ग्राहकहरूमा वित्तीय शिक्षा मा जोड दिँदै डिजिटल कारोबार बारे जनचेतना जगाउनु महत्त्वपूर्ण हुन्छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूमा आबद्ध रहेका ग्राहकहरू लाई डिजिटल कारोबारमा अभ्यस्त बनाई नगद रहित नेपाल बनाउने अभियानमा योगदान गर्न नियामक निकाय, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरु, व्यवसायीहरु ,बैङ्कर्स सघं , केन्द्र देखी स्थानिय तहका सरकारले आ–आफ्नो स्थानबाट भूमिका खेल्न आबस्यक छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।