संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपीए)द्वारा क्वारेन्टाइनमा रहेका रुकुमपूर्वका सहत्तरी जना महिलालाई मर्यादा सामाग्री सहयोग गरेको छ । महिला तथा किशोरीहरूका लागि युएनएफपीएले भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका क्वारेन्टाइनमा रहेका महिलाका लागि मर्यादा सामाग्री सहयोग गरेको हो ।
जिल्लामा सरकारी तथ्याङ्क अनुसार हाल क्वारेन्टाइनमा रहेका पुरुष ९५ जना र महिला ७० जना गरी जम्मा एक सय ६५ जना रहेका छन् । त्यसमध्येका भूमेमा किशोरी पाँच जना, महिला २४ जना र पुथामा किशोरी पाँच जना र महिला ३६ जना गरी ७० जना क्वारेन्टाइनमा बसेका महिलाको संख्या रहेका छ । त्यसैअनुसारमा युएनएफपीएले क्वारेन्टाइनमा रहेका महिलाका लागि मर्यादा सामाग्री सहयोग गरेको छ ।
क्वारेन्टाइनमा बसेका किशोरी र महिलाहरूमा आउन सक्ने समस्यालाई मध्येनजर गरेर उहाँहरूको मासिक तथा शारीरिक समस्या हुन नदिनका लागि महिला मर्यादा नामकको सामाग्री सहयोग गरिएको युएनएफपीएका जिल्ला संयोजक भुवन सेजुवालले बताउनुभयो ।
‘किशोरीका लागि प्रति व्यक्ति झोलामा आठ प्रकारको सामाग्री र महिलाको लागि प्रति व्यक्ति झोलामा १५ प्रकारको सामाग्री रहेको छ’ संयोजक सेजुवालले भन्नुभयो –‘लगाउने कपडा सहित, व्यक्तिगत सरसफाईका सामाग्री सहितको रहेको छ, जसले गर्दा उहाँहरूमा क्वारेन्टाइनमा बस्दा सम्मको समयमा कुनै पनि तनाव, समस्या तथा अभाव भएको महशुस हुने छैनन् ।’
किशोरीका लागि प्रतिझोलामा एक हजार रुपैयाँ बराबरको सामाग्री रहेको छ भने महिलाका लागि प्रतिझोलामा तीन हजार रुपैयाँ बराबरको सामाग्री रहेको छ । भूमे गाउँपालिकाका लागि शुक्रबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ भने पुथालाई शनिबार हस्तान्तरण गरिँदै छ । त्यसपछि गाउँपालिकाले क्वारेन्टाइनमा रहेका किशोरी र महिलाई उक्त सामाग्री वितरण गर्ने छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।