कम्युनिस्ट नामको सरकार हुदापनी वास्तविक मजदुरहरुले अधिकार नपाएको र अहिले विश्व महामारीको बेला पनि मजदुरहरुको अबस्था भयाबह रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिए ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक दाङ ले भिडियो मार्फत १३१ औ अन्तर्रा्ष्ट्रिय मजदुर दिबस कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन ।
उक्त संगठन का जिल्ला अध्यक्ष हरि थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी मसाल दाङका प्रवक्ता भरत भण्डारी रहनु भएको थियोे ।
उहाले कार्यक्रममा आफ्ना बिचार राख्दै पुजिबादी ब्यबस्थामा वास्तविक मजदुरहरुको हित हुदैन , अहिलेको कोरोना भाइरसको विश्व महामारीमा पनि त्यो देखीएकोले मजदुरको हित र अधिकारको लागि नायाजनबादी क्रान्तिको जरुरी रहेको कुरा बताउनु भयो ।
कार्यक्रम मा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य , अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य राम बहादुर घर्ती अखिल नेपाल शिक्षक संघ का केन्द्रीय सदस्य कपिलदेब खनाल अखिल नेपाल युबक संघ का जिल्ला सदस्य डोर बहादुर के सि अखिल नेपाल राष्ट्रिय उधोग ब्यापार संघ का जिल्ला कोषाध्यक्ष हरी खरेल लगायतले आ आफ्नो मन्तब्य राख्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण जिल्ला सचिब तुलसिराम पन्थिले गर्नु भएको थियोे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।