शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयले आफ्ना मृतक शिक्षक र बिद्यार्थीहरुको सम्झनामा श्री प्राथमिक बिद्यालय कर्जाहीका बिद्यार्थीहरुलाई फलफुल वितरण गरेको छ ।
गत पौष ६ गते दाङको राम्रीमा गाडी दुर्घटनामा परि ज्यान गुमाएका १९ जना बिद्यार्थी र २ जना शिक्षकहरुको सम्झनामा शिक्षालयकाले आज १३ औं दिनको पुण्यतिथीमा फलफुल वितरण गरेको शिक्षालयका संयोजक केशरमान बुढाथोकीले बताए ।
फलफुल वितरणमा शिक्षालयमा अध्यापनरत शिक्षक र गाडी दुर्घटनामा नपरेका बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
दुर्घटना भएदेखि १३ दिन सम्म शिक्षालयले पठनपाठन बन्द गरेकोमा आज १३ औं दिनको पुण्य तिथिमा घोराहीको तुलसीपुर चोक र शिक्षालय परिसरमा दिप प्रज्वलन गरेर मृतक आत्माको चिरशान्तिको कामना गरिने शिक्षालयका प्रमुख यादव सुवेधीले जानकारी दिए ।
साथै प्रमुख सुवेधीले दिपप्रज्वलन कार्यक्रममा उपस्थित हुन शिक्षक , बिद्यार्थी , पत्रकार , अभिभाबक तथा सम्पूर्ण शुभचिन्तकहरुलाई हार्दिक अनुरोध गरेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।