• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लकडाउनमा वन तस्करहरुको राजः दाङमा मात्रै दश जना पक्राउ




दाङ,चैत २७ । लकडाउनको मौका छोपी वन क्षेत्रमा चोरि तस्करी तथा सिकारका घटनाहरु वढ्न सक्ने भन्दै डिभिजन वन कायालय दाङले थालेको वन गस्तिले वन पैदावार चोरी निकासीमा संलग्न १० जनालाई पक्राउ गरेको छ । अत्यधिक जोखिमका साथ आठ वटै सव डिभिजन कार्यालय स्तरवाट आ आफ्नो क्षेत्र र डिभिजन स्तरबाट कार्यक्षेत्रको पुरै क्षेत्रमा प्रभावकारी रुपमा गस्ति गर्ने कार्य भईरहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

सवैजसो कर्मचारीहरुलाई चरणबद्ध रुपमा रात्री तथा दिवा सिफ्ट वनाई गस्ति भईरहेको र यसवाट वन संरक्षणलाई प्रभावकारी वनाउनुको साथै विभिन्न वन अपराधमा संलग्न व्यक्तीहरुलाई नियन्त्रणमा लिई कानुनी कार्वाही अगाडी वढाईएकोे डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

   वन गस्ति टोलीले लकडाउन अवधिभर भएका विभिन्न ६ वटा घटनामा वन पैदावार चोरी तस्करीमा संलग्न भएको अभियोगमा १० जनालाई पक्राउ गरेको जनाएको छ । यस अवधिमा तीन वटा टेक्टर पनि वन गस्तीले नियन्त्रणमा लिएको छ । सयौं क्यूफिट अवैध काठ बरामद गरेको डिभिजन वन कार्यालयले जनाएको छ । दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले लकडाउन पूर्व काठ तस्करीका घटनाहरु नभएकोमा लकडाउन हुनासाथ तस्करी ह्वात्तै बढेको बताउनुभयो । यसपटक तस्करी नहुने नयाँ ठाँउहरुमा समेत तस्करी भएको पाइएको बताउनु भयो । 

गस्तिका क्रममा लामो सयमदेखि वन पैदावार तस्करीमा संलग्न पेशेवरहरु पक्राउ परेको ज्ञवालीको भनाई छ । गस्तिले वनमै रुख ढालेर काठका रुपमा काटिरहेको अवस्थामा फेला परेको कार्यालयले जनाएको छ । लकडाउन भएपछि मजदुर काम रोकिएको र वनमा गएर काठ काटेपछि कमाई हुने लोभमा तस्करीमा लागेको हुनसक्ने पाइएको ज्ञवालीको भनाई छ । 

विगत देखिनै अनुसन्धानको क्रम हिरासतमा थुनुवाहरु समेत हाल डिभिजन वन कार्यालयमा १० जना अभियुक्तहरु थुनामा रहेका छन् । सामान्यतया ४ देखि ५ जनालाई नियन्त्रणमा राख्न सकिने क्षमता रहेको शसस्त्र वन सुरक्षा शाखाको थुनामा अहिले १० जना रहदाँ व्यवस्थापनमा केहि समस्या परेतापनि आजै देखि कोराना भाइरसको समेत जोखिमलाई मध्यनजर गरि थप थुनुवा कक्षको विस्तार गरिएको व्यहोरा समेत जाहेरी गरिएको कार्यालयले जनाएको छ ।

   चैत १० गते तुलसीपुर महानगरपालिका वडा नं. १८ को कातिक रानी सामुदायिक वनमा  सालको २ वटा रुख काटी गोलिया वनाई लैजान लागिरहेको अवस्थामा डिभिजन वन कार्यालय, दाङको गस्तिको टोलिले गोलिया काठ थान १६ को परिमाण ११७.२१ घ.फि. सहित रा १ त ११७७ नंबरको ट्याक्टर थान १ र घटनामा संलग्न ट्याक्टर मालिक घोराही १२ रतनपुर वस्ने सुदन गिरि लाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।

यसैगरी चैत २२ गते घोराही उपमहानगरपालिका वडा नं. १२ ज्यामिरे खोला स्थित भालुचिप्ला सामुदायिक वनमा गोलिया काठ चिरान भइरहेको भन्ने सुचनाको आधारमा डिभिजन वन कार्यालय, दाङवाट खटिएको गस्ति टोलीले साल जातको १ वटा रुख कटान गरि टुनटुक्रा गरि चिरान गरि राखेको अवस्थामा गोलिया तथा चिरान काठ गरि करिव ११२ घ.फि. काठ र कटानमा प्रयोग भएका हतियार बरामद भएको डिभिजनल वन अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

तत्कालीन अवस्थामा अभियुक्त फेला नपरेको भएता पनि विशेष सुराकको आधारमा चैत २७ गतेका दिन कार्यालयवाट खटिएको गस्ति टोलीले उक्त कार्यमा संलग्न मुख्य नाईके पुर्ण बहादुर रउलेलाई निजकै घरवाट पक्राउ गरि हिरासतमा राखी अनुसन्धान अगाडी वढाईएको छ । साथै घटनामा संलग्न अन्य व्यक्तिहरुलाई पनि छिट्टै कानुनी नियन्त्रणमा ल्याउने प्रयास भइरहेको कार्यालयले जनाएको छ ।

पश्चिम दाङको ववई गाउँपालिका वडा नं. ५ स्थित खयरभट्टी सिमगैरा सामुदायिक वनमा लगडाउनको मौका छोपी चैत २३ गते अतिक्रमण भइरहेको भन्ने सुचनाको आधारमा डिभिजन वन कार्यालयबाट खटिएको गस्ति टोली र उक्त सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुको सहयोगमा करिव २ हेक्टरमा वनलाई अतिक्रमण गर्ने नियतले लगाइएको फलफुल तथा नगदेवालीलाई हटाई पुन वन कायम गरिएको छ ।

त्यस्तै, चैत २४ गते दंगीशरण गाउँपालिकाको सिमठाना सामुदायिक वनमा समुहको पदाधिकारीहरुको संलग्नतामा वन जंगल हानी नोक्शानी भइरहेको भन्ने सुचनाको आधारमा मिति गस्ति टोलीले सामुदायिक वनमा स्थलगत अनुगमन गर्दा लकडाउनको समयमा नदि उकास जग्गामा वृक्षारोपण गरि हुर्काएका विभिन्न साइर्जका अधिकांश सिसौं र केही खयर प्रजातीका गरी जम्मा ५५ वटा रुखहरु हानीनोक्सानी भएको पाइएकाले तत्कालै घटनास्थलवाट कार्यसमितीका पदाधिकारीलाई नियन्त्रणमा लिइएको र हाल ती पदाधिकारीहरुलार्ई हिरासतमा राखी अनुसन्धान अगाडी वढाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै, चैत २५ गते रात्री गस्तीले करिव १२ वजेको समयमा घोराही उपमहानगरपालिका वडा नं १, सिरुखर्क क्षेत्रमा साल जातको ४ थान गोलिया कटान गरि टेक्टरवाट ढुवानी गरि लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा चैत २६ गते विहान डिभिजन वन कार्यालयवाट खटिएको गस्ति टोलीले उक्त काठ वरामद गरि सोही वखत उक्त अपराधमा संलग्न विगत १० वर्ष देखी नै काठ तस्करीमा संलग्न नाइके शोभाराम महरा (स्थानिय वोलीचालीमा डन को रुपमा परिचित) लाई पक्राउ गरि हिरासतमा राखी अनुसन्धान अगाडी वढाइएको कार्याललयको भनाई छ । निजको उक्त अवैध काठ ओसारपसारमा प्रयोग गरेको रा १ च ३९४१ ट्याक्टर समेत नियन्त्रणमा लिइएको कुरा अनुसन्धानवाट खुल्न आएको छ भने अन्य मतियारहरुको समेत पक्राउको प्रकृया अगाडी वढेको कार्यालयले जनाएको छ ।

चैत २७ गतेको दिन नेपाली सेना संगको संयुक्त समन्वयमा तुलसीपुर उ.म.न.पा. १३, फुलवारीवाट अवैध रुपमा काठ दाउरा ओसारपसार गरिरहको रा १ त २३९५ नम्वरको ट्याक्टर र ट्याक्टर चालक गोपाल चौधरी पक्राउ गरि कानुनी प्रकृया अगाडी वढाइएको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयले लक डाउनको अवधिमा वन जंगलमा हुन सक्ने संभावित चोरी निकासी तथा चोरी तस्करीका घटनाहरु हुन नदिन डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृतको नेतृत्वमा विभिन्न मिति र रुटमा गरिने गस्ती क्षेत्रमा कम्तिमा १ जना अधिकृत कर्मचारी १ जना रेन्जर वा फरेष्टर स्तरको सहायक कर्मचारी र सम्बन्धित सव डिभिजनका सहयोगी कर्मचारी २ जना तथा प्रत्येक गस्ती टोलीमा वन कार्यालयका सशस्त्र सुरक्षा वलका ३ जना स.व.र. गरी ६ देखी ८ जनको गस्ती टोली दिन रात खटिरहेका छन् ।

यि गस्तीहरुमा आवश्यकतानुसार डिभिजन वन अधिकृत स्वयम् पनि सामेल भै वन कर्मचारीहरुलाई हौषला प्रदान गरिरहनु भएको छ । डिभिजन वन कार्यालयको अन्तर्गत तुलनात्मक रुपमा बढी चोरी तस्करी तथा चोरी शिकारीका घटनाहरु हुने धर्ना धारापानी, रामपुर सुनपुर लक्ष्मीपुर, बबई हापुरे पुरन्धारा कालाखोला, शान्तिनगर दंगीशरण, फूलवारी अमिलिया, नारायणपुर विजौरी, वंगलचाुली, तुलसीपुर शान्तिनगर, ववई वाँके निकुञ्ज मध्यवर्ति क्षेत्र, धर्ना रज्ये आदि रुटहरु केन्द्रित गस्तिलाई निरन्तर गरिएको छ । आगामी दिनहरुमा यस्ता घटनाहरु हुन नदिन गस्ती परिचालनलाई अझ बढी प्रभावकारी वनाई वन जंगलमाको संरक्षण गरिने डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

Facebook Comments