• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँ फर्केका विद्यार्थी कोरोनाविरुद्धको अभियानमा, विकटमा मोबाइल स्वास्थ्य शिविर





लकडाउनका कारण गाउँ फर्केका विद्यार्थीहरु कोरोनाविरुद्धको अभियानमा जुटेका छन् । यस्तै अभियानमा जुटेका छन् जुम्लाका युवा विद्यार्थीहरु ।


अहिले जुम्लामा युवा विद्यार्थीहरुले यस्तो अभियान चलाइरहेका छन । चिकित्सक लिएर गाउँमा ज्वरो परीक्षण गर्दै अति विपन्न घर परिवार छनोट गरी आफैले संकलन गरेको राहत सामग्री वितरण गरिरहेको विद्यार्थी सन्तोष आचार्यले जानकारी दिनुभयो ।

दाङको मावि रझेनामा जियोमेट्रिक इञ्जिनियरिङ दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी आचार्यले आफू सुरक्षित रहँदै गाउँमा बेरोजगार भएर बसेका युवा विद्यार्थीलाई अभियानमा जोडेको बताउनुभयो ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकको सहयोगमा गाउँमा स्वास्थ्य जाँच गर्दै सामान्य विरामीका लागि औषधिसमेत वितरण गर्ने गरेको उहाँले जानकारी दिनुभयो । ‘निःशुल्क स्वास्थ्य शिविर सञ्चालन पनि गरिरहेका छौं’– आचार्यले भन्नुभयो– ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर टंकप्रसाद आचार्यले आफ्नो प्रतिष्ठानबाट बाकी रहेको समय निःशुल्क चेक जाँचमा दिनुभएको छ । उहाँले हाम्रो अभियानलाई दृढतापूर्वक सहयोग गर्नुभएको छ ।

सामान्य विरामी हुँदा पनि कोरोनाको आशंकाले स्वास्थ्यकर्मीले छुन नमान्ने र आइसोलेशनमा राख्ने डरले उपचार नै नपाउने अवस्थाको अन्त्य गर्न निशुल्क मोबाइल स्वास्थ्य शिविर चलाइएको आचार्यले जानकारी दिनुभयो ।

अभियानअन्तर्गत झण्डै तीन सय जनाको जाँच र उपचार गरिएको उहाँले बताउनुभयो । त्यस्तै अति बिपन्नका लागि वडासँगको सहकार्यमा चामल, दाल, तेललगायतका सामग्री वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments