• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोरोना नियन्त्रणमा तदारुकता: प्रदेश ५ का मुख्यमन्त्रीको दैनिक भिडियो संवाद





प्रदेश ५ मा कोरोना भाइरसको संक्रमण हुन नदिन प्रदेश सरकारले उच्च तदारुकता साथ काम गरिरहेको छ । सो क्रममा मुख्यमन्त्री शंकर पोख्रेलले दैनिकजसो स्थानीय सरकारका प्रमुखसँग भिडियो संवाद गरिरहनुभएको छ ।


सो क्रममा हिजो मुख्यमन्त्री पोखरेलले ६ वटा जिल्ला सदरमुकामका नगरपालिकाका प्रमुखसंग एकीकृत भिडियो संवाद गर्नुभयो ।


मुख्यमन्त्री र नगर प्रमुखबीच कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भयो । नगरपालिका प्रमुखहरुले स्थानीय तहले अहिलेसम्म गरेका कामबारे जानकारी गराउनुभयो । उहाँहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई गराउनुभयोे ।


मुख्यमन्त्रीज्यूले महामारी रोकथामका लागि स्थानीय तहको सक्रियता प्रशंसनीय रहेको बताउँदै स्थानीयस्तरमा पनि राहत कोष बनाउन प्रमुखहरुलाई आग्रह गर्नुभयो ।


प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरी उपचारको व्यवस्था गरेकोले कोरोनाको कोही शंकास्पद बिरामी फेला पर्ने बित्तिकै अस्पताल पठाउन उहाँले आग्रह गर्नुभयो ।


सबै जिल्ला अस्पताल र चार वटा आइसोलेसन अस्पतालमा काठमाडौबाट प्राप्त स्वास्थ्य सामग्री पठाइएको बताउँदै उहाँले अब केही दिनमै प्रयोगशाला परीक्षणको लागि काठामाडौं जानुपर्ने बाध्यता हट्ने र प्रयोगशाला रिपोर्ट आउन छिटोछरितो हुने बताउनुभयो ।


तीन तहको सरकारबीचको समन्वय र सहकार्यबाट सबैलाई एकताबद्ध गरी महामारीलाई परास्त गर्न ध्यान केन्द्रीत गर्नुपर्ने उहाँले बताउनुभयो । यस अघि उहाँले उपमहानगरपालिका प्रमुखहरुसंग भिडियो संवाद गर्नुभएको थियो ।


भिडियो संवादमा तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही, रेसुङगा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, रोल्पा नगरपालिका प्रमुख पूर्ण केसी, गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादव र रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments