• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौरजहारीमा नगर बसले दियो समाजवादकै झल्कोः ज्येष्ठ नागरिकलाई निःशुल्क, घाइते अपांगलाई ५० प्रतिशत छूट





रुकुमपश्चिम चौरजहारी नगरपालिकाले नगर बस सञ्चालन गरेपछि स्थानीयलाई निकै राहत भएको छ ।


नगरपालिकाले झण्डै ५ महिना पहिला ३ वटा नगर बस खरिद गरी सञ्चालन गरेको हो । नगरपालिकाले एउटा बस चौरजहारी–कोटजहारी, अर्काे बस चौरजहारी–खोलागाउँ र अर्को बस चौरजहारी उपत्यका परिक्रमा गर्ने गरी सञ्चालन गर्ने भने पनि अहिले उपत्यका परिक्रमा नभई चौरजहारी–नुवाकोट सञ्चालनमा ल्याएको छ ।


एउटा बसमा खोलागाउँ नुवाकोटदेखि चौरजहारी पुग्ने यात्रु नअट्ने भएकोले उक्त सडकमा दुईवटा बस सञ्चालन गरेको हो । नगर बस सञ्चालनपछि स्थानीय जनता पनि दंग परेका छन् । वडा न. ११ का चुडामणि केसी नगर बसमा यात्रा गर्न पाएकोमा साँच्चिकै जनसरकारको महसुस गरेको बताउनुहुन्छ । ‘नगर बस अन्य बस जस्तो छैनन्, सफा, सुग्घर, चट्ट परेका छन्’– उहाँले भन्नुभयो– ‘अन्य बसमा महिला, अपांग, जेष्ठ नागरिक सिट लेखे पनि प्रयोग भएको हुदैन तर नगर बसमा पूर्ण कार्यान्वयन भएको छ ।’


नगर बस सञ्चालनपछि आफूहरुले नगरपालिकाको कार्यालय टाढा भएको महसुस नगरेको नगरवासीको भनाइ छ । वडा न. १२ का भीमबहादुर खत्री पनि नगर बसमा यात्रा गर्न पाएकोमा खुसी हुनुहुन्छ । ‘मैले आमालाई पनि नगर बसमै अस्पताल लिएको थिएँ, ५० प्रतिशत मात्र भाडा लाग्यो’– उहाँले भन्नुभयो– ‘पहिलेको भाडाभन्दा सस्तो भाडामा यात्रा गर्न पाएका छौँ ।’ नगरबसबाट अधिकांश नगरवासी लाभान्वित भएका छन् । तर, बस संख्या अझै बढाउनुपर्ने स्थानीयको भनाइ छ ।


नगरपालिकाका नमित्त प्रशासकीय अधिकृत रामबहादुर केसीका अनुसार नगरपालिकाको कार्यालयदेखि टाढा रहेका सेवाग्राहीलाई मध्यनजर गरेर नगर बस सञ्चालन गरिएको हो । अब छिट्टै वडा न. १३ सम्म पुग्ने बसलाई वडा न. १४ अर्थात चौरजहारीको अन्तिम सिमाना नुवाकोटडाँडासम्म सञ्चालन गरिनेछ । अर्को बर्षदेखि वडा न. १२ को जुम्लीपोखरीहुँदै वडा न. १४ सम्म पु¥याउने गरी पनि योजना बनायएको नगरपािलकाले जनाएको छ ।


उनका अनुसार नगर बस सञ्चालन भएपछि फागुनसम्म ८ लाख नगरपालिकाको खातामा जम्मा भएको छ । अब छिट्टै नगर कार्यपालिकाको बैठक बसेर नगरपालिकाभित्रको भाडा तोकिने अधिकृत केसीले जानकारी दिनुभयो । सो भाडा अन्य गाडी सञ्चालकले पनि लागु गर्नुपर्ने छ । नगर बसमा बिद्यार्थी, जेष्ठ नागरिक, जनयुद्धका घाइते र अपांगलाई ५० प्रतिशत भाडा छुट छ भने ५ बर्षमुनिका बालबालिका र ८० बर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क यात्रा गर्ने ब्यवस्था छ ।


चौरजहारी नगरपालिकाले नगर बस सञ्चालन गरेपछि भाडा घटेको छ । नगर बस सञ्चालनअघि ५ सय भाडा तिर्न बाध्य यात्रु अहिले २ सय भाडामा यात्रा गरिरहेका छन् । नगर बस सञ्चालन नहुँदा चौरजहारी खोलागाउँसम्म अटो रिक्सा, जिप र बसले २ सय ५० देखि ३ सय सम्म भाडा लिने गरेका थिए र नुवाकोटसम्म ५ सय बढी भाडा लिने गरेका थिए भने अहिले खोलागाउँसम्म निजि सवारी साधनले पनि १ सय र नुवाकोट डाँडासम्म २ सय भाडा लिने गरेको सर्वसाधारण बताउँछन् ।

अधिकांश सवारी साधनले नगर बसको भाडा कार्यन्वयन गरेका छन् भने केही सवारी साधनले भने पहिलेकै भाडा लिइरहेका छन् । यश बिषयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले अहिलेसम्म नगरपालिकाले भाडादर नतोकेको र अब भाडादर तोक्ने र उक्त भाडा सबैले कार्यन्वयन बताउँछन् । उनका अनुसार यदि कसैले नयाँ भाडा कार्यन्वयन नगरेमा कारबाही पनि गरिनेछ ।

Facebook Comments