घोराही उपमहानगरपालिकाले बजार प्रबेश गर्ने क्षेत्र कुइरेपानीमा यात्रुहरुको स्वास्थ्य जाँच सुरु गरेको छ । नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको उपस्थितीमा उपमहानगरको जनस्वास्थ्य प्रबद्र्धन शाखाले आजबाट कुइरेपानीमा यात्रुहरुको स्वास्थ्य जाँच सुरु गरेको हो ।
कोरोना भाईरसको संक्रमण भित्रन नदिनका लागि बजार क्षेत्रको नाकामा स्वास्थ्य जाँच सहायता कक्ष नै स्थापना गरिएको जनस्वास्थ्य अधिकृत विकेश रेग्मीले जानकारी दिनुभयो । आज करिब २ सय गाडीका यात्रुहरुको ज्वरो मापन र अन्य स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिईएको छ ।
जाँचका क्रममा कुनै पनि व्यक्तिमा ज्वरो, खोकी जस्ता समस्या नदेखिएको रेग्मीको भनाई छ । सहायक कक्षबाट स्वास्थ्यकर्मीहरुले कोरोनाको संक्रमणबाट बच्नका लागि सजकता अपनाउने र भिडभाड तथा अति आबस्यक काम बाहेक बाहिर हिडडुल नगर्न परामर्श दिएका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।