कोरोना भाइरसको संक्रमण हुन नदिन सतर्कतास्वरुप कर्णाली प्रदेश प्रवेशको नाका सल्यानको कपुरकोटमा स्वास्थ्य जाँच शुरु गरिएको छ ।
कपुरकोट गाउँपालिकाले शुरु गरेको स्वास्थ्य जाँच चलिरहेको छ ।
त्यस्तै रुकुम प्रवेश गर्ने बजार झुल्नेटामा पनि स्वास्थ्य जाँच गर्ने काम भइरहेको छ । नेपाली सेना र त्रिवेणी गाउँपालिकाको संयुक्त आयोजनामा स्वास्थ्य जाँच भइरहेको छ ।
नेपाली सेनाको सक्रियतामा समेत स्वास्थ्य भइरहेकाले यहाँको जाँच अरु ठाउँको भन्दा प्रभावकारी देखिएको छ ।
तस्विरः कुलदीप न्यौपाने
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।