नेपाल आयल निगम पेट्रोल डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँको दरले घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आएपनि यहाँ दुई रुपैयाँ मात्रै घटाएको हो ।
‘आधार मूल्य(खुद्रा बिक्री मूल्य)को आधारमा समायोजन गर्दा २ रुपैयाँ मात्रै घट्यो,’ निगमका एक अधिकारीले भने, ‘स्वचालित मूल्य प्रणालीमा २ प्रतिशत मात्रै समायोजन गर्ने अधिकार छ । जसले गर्दा बढी खेल्न सकेनौं ।’
निगमले हवाई इन्धन आन्तरिकतर्फ भने साढे ४ रुपैयाँ घटाएको जनाएको छ। हवाई इन्धनको हकमा प्रणाली छैन। निगम व्यवस्थापनबाटै उक्त मूल्य घटाएको हो। निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ भने मूल्य यथावत नै राखेको छ।
निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार नया मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ। नयाँ मूल्यसूची अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल/मट्टितेलको ९५ रुपैयाँ कायम गरिएको छ। हवाई इन्धनको मूल्य ९० रुपैयाँ कायम गरेको प्रवक्ता गोइतले जानकारी दिए।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।