• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्युत लाइनमा चट्याङ, गाउँभरि अन्धकार





रुकुम पश्चिम सानिभेरी गाउँपालिका वडा नं ८ मा पटक पटकको चट्याङ पर्दा त्यस क्षेत्रका बासिन्दा त्रसित हुने गरेका छन् ।

शनीबार दिउसो नरबहादुर बुढाथोकीको घरमा र गाउँको विद्युत लाईनमा परेको चट्याङले गाउँभरी सबैका सोलार, बल्बहरु तथा विद्युतिय सामाग्रीहरुको क्षेति भएको छ ।


यसअघि पनि गत भाद्र महिनामा सोहि ठाउँमा परेको चट्याङले गाउँका ५ जना महिला गम्भीर घाइते भएका थिए भने एक वटा बाख्रा र त्यतिबेला पनी बत्ती र विद्यूतिय सामाग्रीका साथै एक वटा घरको भित्ता समेत फुटेर क्षति भएको थियो ।


वडा नं ८ को उच्च भागमा सानीभेरी ७ को रोलखोलाबाट उत्पादन भएको विद्युत लाईन वितरण गरिको र उक्त विद्युत लाईनमा स्तरीय अर्थिङ नभएकाले उक्त लाईनमा पटक पटक चट्याङ पर्ने गरेको स्थनीय बासिन्दाको भनाइ रहेको छ । स्थीयका अनुसार वडा प्रतिनिधी लगाएत गाउँपालिका कार्यालयलाई अर्थिङ गरिदिन धेरैपटक अनुरोध गरिएको भएतापनि अर्थिङको लागि कुनै पहल नभएको गुनासो स्थानीय नरबिर ओलीले बताउन भयो ।

Facebook Comments