• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चट्याङ लागेर नेरामाविका दुई शिक्षकसहित ६ घाइते




कमल खड्का


रोल्पामा शनिबार साँझ चट्याङ लागेर दुई जना शिक्षकसहित अन्य ६ जना घाइते भएका छन् ।


रोल्पाको रुन्टीगढी गाउँपालिका ६ नं. वडा डुब्रिङमा शनिबार साँझ करिब ६ः३० बजेतिर चट्याङमा लागेर नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ४९ वर्षिय केशर बहादुर घर्ती र करिब ३२ वर्षिय शिक्षक भुपबहादुर शार्कीसहित सोही स्थानीयबासी ६ जना घाइते भएका छन् ।

शनिबार साझको समयमा घरमै दाउँरा चिर्दै गर्दा एक्कासी चट्याङ लागेर केशरबहादुर घर्तीको हात पोलेको र गाउँकै मेडिकल मार्फत उपचार पश्चात घरमा फर्किएको र चट्याङमा लागेका सबै जना केही समय पूर्ण रुपले व्यहोसपछि मात्र होसमा आएको थिए । चट्याङ कारण घाइते भएका घर्र्तीको शरीरलमा गम्भिर प्रकारको चोक पटक नदेखिएता पनि स्वास्थ्य अवस्था केही समस्या देखिएका कारणले उपचारको लागि दाङ ल्याउँने तयारी भइरहेको र बाँकी सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको शिक्षक डम्बर विकले जानकारी दिएका हुन् ।

Facebook Comments