• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा रुकुमपूर्वको तेस्रो बैठक




जिल्ला कमिटी नेपाल कम्युनिस्ट पार्टी नेकपा रुकुमपूर्व को तेस्रो बैठक सम्पन्न भएको छ । शनिबार भूमे गाउँपालिकाको सभाहलमा नेकपा जिल्ला संगठन कमिटीको बैठक बसेको हो ।

उक्त बैठकमा तीनै वटै गाउँपालिकाका इन्चार्जले टोल-टोलका संगठन निर्माणबारे जानकारी र समुदायको समस्या नेतृत्वलाई ध्यानाकर्षण गरेका थिए । त्यसको साथै स्थानीय सरकार गाउँपालिकाका तर्फबाट अध्यक्ष तथा उपाध्यक्षले गाउँपालिकाका कामबारे रिपोर्ट प्रस्तुत गरेका हुन् । जनताका आकांक्ष अनुसार आधारभूत विकास तथा विकासका पूर्वाधार विस्तार भइरहेको गाउँपालिकाले जनाएका छन् ।

गाउँपालिकाको काम कर्तव्य कर्मचारी तथा विभिन्न समस्याका बीचबाट काम गरिराखेको उल्लेख गरेका छन् । प्रदेशको योजना निर्माणमा प्रभावकारी ढङ्गले अगाडि नबढिराखेको गाउँपालिकाले जनाएका छन् ।

विकास निर्माणका लागि पीडमा रहेका नागरिकका र स्थानीय स्रोतलाई विश्लेषण गरेर मात्र विकासका पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यक रहेको नेकपाका केन्द्रीय नेता एवं पूर्वमन्त्री गणेशमान पुनले बताउनुभयो । आजको विकासको आवश्यकता हरेक व्यक्तीले उत्पादनमुखी क्रान्ति गर्ने सिस्टम ल्याउनु पर्ने छ उहाँले भन्नुभयो- त्यसैअनुसारकै जनतालाई प्रतिफल आउने योजनामा लगानी गरिदिनु पर्नेमा जोडिनुपर्दछ ।

यसैगरी नेकपा रुकुमपूर्वले चैत, बैशाख र जेठ महिना गरी तीन महिना गाउँ-गाउँमा जनमुखी अभियान सञ्चालन गर्ने नेकपा रुकुमपूर्वले जनाएको छ । उक्त अभियानमा जनतासँग अन्तरक्रीया तथा छलफलबाट उठेका जनभावना अनुसार पार्टीले आफ्नो काम अघि सार्ने बताएको छ ।

अहिले सरकार देखि जिल्ला भित्रको विभिन्न विषयको बारेमा हरेक नागरिकमा हामी माथी विभिन्न प्रश्न उठिरहेका छन् त्यसलाई जनताको घरदैलोमा गएर सत्य तथ्य कुरा बुझाउन जरुरी रहेको नेकपाका केन्द्रीय नेता एवं पूर्वमन्त्री दलजित श्रीपालीको भनाइ रहेको छ । विकास र सकारात्मक परिवर्तन जनभावना र जनस्तरबाट पार्टी र सरकारले हातेमालो गरेर जनताको विचारलाई शिरधार गरेर लाग्नु पर्ने नेता श्रीपालीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा प्रदेश ५ का सहइन्चार्ज दलबहादुर राना, केन्द्रीय नेता एवं नेकपाका जिल्ला इन्चार्ज खेममान खड्का, केन्द्रीय नेता कमला रोका, तेजबहादुर ओली लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments