दाङकाे लमही नगरपालिकामा पहिलाे पटक नर्बिक चप्पल उद्योग सुन्दर सहर लमहीकाे देउपुरमा सञ्चालन आएको छ ।
देउखुरी माेबाईल संघका अध्यक्ष एवं युवा व्यवसायी भिम भुसाल र साैगात धामी लगाएतकाे टिमकाे सहयोगमा सञ्चालनमा आएको हो । उद्योगको लगानीकर्ता सदस्यहरूले एक कार्यक्रमका बिच अाज उद्योगकाे उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा स्थानीय,व्यापारी,पत्रकार लगाएतकाे सहभागीता रहेकाे थियाे । लमहीमै चप्पल बन्ने भएपछि स्थानीय व्यापारी र स्थानीयवासी खुसी छन् । चप्पल निर्माणका लागि कच्चा पदार्थ बाहिरबाट आउने भए पनि तयारी भने लमहीमै हुने लगानीकर्ता भिम भुसालले जानकारी दिनुभयो । उद्योगमा छजना जनाले रोजगारी पाएका छन् ।
बच्चा देखि वृद्ध सम्म महिला पुरूष गरि चाहना अनुसारको चप्पल उत्पादन गरिने सञ्चालक सदस्यले बताए। देउखुरी क्षेत्रको बजारमा चप्पलको माग सम्बोधन हुने र स्थानीयलाई रोजगारी सिर्जना हुने उद्घाटन कार्यक्रममा सहभागीहरूले आशा लिएका छन् । लमही नगरपालिकामै पहिलोपटक सञ्चालनमा आएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।