दाङको राप्ती गाउँपालिका नेपालकै दोस्रो सडक मानव मुक्त गाउँपालिका घोषणा भएको छ । विहिवार एक समारोहका विच प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले गाउँपालिकालाई सडक मानवमुक्त गाउँपालिका घोषणा गर्नुभएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको घोषणा कार्यक्रम गाउँपालिका क्षेत्रका विभिन्न बजार क्षेत्रबाट सडकमा रहेका असहाय,अभिभावक विहिन र आफन्तजनबाट टाढिएकाहरुले सडकलाई नै आश्रयस्थल गराईरहेकाहरु लाई अयियान नै संचालन गरेर उद्धार गरिएपछि गाउँपालिकालाई सडक मानव मुक्त गाउँपालिका घोषणा गरिएको हो ।
दाङबाट हाल सम्म ४१ जनालाई उद्धार गरिएको मध्ये ३१ जनालाई राप्ती गाउँपालिकामा स्थापना गरिएको नीलसागर आश्रम राखिएको नील सागर सेवाश्रम दाङका संयोजक प्रकाश विष्टले जानकारी दिनुभएको छ ।
त्यस्तै घोराही उपमहानगरपालिकालाई शुक्रवार सडकमानवमुक्त घोषणा गरिने भएको छ । उपमहानगरपालिकाको सभाहलमा विहान ११ बजे कार्यक्रम हुने उपमहानगरले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।