• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आचार्यको स्मृतिमा श्रद्धाञ्जलीसभा




घोराही उपमहानगरपालिका १७ निवासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडा सल्लाहकार सुमित्रादेवी आचार्यको स्मृतिमा श्रद्धाञ्जलीसभा गरिएको छ । \

भुसाल टोलस्थित आचार्यकै निवासमा कार्यक्रम भएको हो । छोरा यमप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्वसभामुख एवं दाङ क्षेत्र नम्बर २ का सांसद कृष्णबहादुर महराले जनताको सुखदुखमा साथ दिने कम्युनिष्ट पार्टी भएको बताउनुभयो । जनतालाई पर्ने सुखदुःखमा पार्टी र नेता कार्यकर्ताले साथ दिनुपर्ने उल्लेख गर्दै आफू पनि केही महिनाको दुःखबाट बाहिर आएकाले जनतासँग एकाकार हुने थप दायित्व थपिएको बताउनुभयो । उहाँले आफ्नो जीवन रहँदासम्म जनताको सुखदुखमा साथ दिने बताउनुभयो ।

बिशिष्ठ अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य निर्मल आचार्यले कम्युनिष्ट आन्दोलन र स्थानीय विकास निर्माणमा भूमिका निर्वाह गर्ने सुमित्रादेवीको निधनले पार्टी र समाजलाई क्षति पुगेको बताउनुभयो । मृत्यु संस्कारलगायत सामाजिक संस्कारलाई सहज र जनताको जीवनअनुकूल बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

सुमित्रादेवीका ज्वाइँ तथा नेकपा दाङका जिल्ला सदस्य उमाननन्द खनालले आचार्यको जीवनी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेकपा घोराही १७ का अध्यक्ष पदमबहादुर केसीले गर्नुभएको थियो ।

Facebook Comments