• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विप्लवनिकट विद्यार्थी संगठनद्वारा भोलि शैक्षिक हड्ताल घोषणा




नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले आम शैशिक हड्तालको घोषणा गरेको गरेको छ । संगठनले केन्द्रीय कार्यक्रम अनुसार नै गिरफ्प्तार गरिएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई रिहाईको माग गर्दै भोली अर्थात् फागुन १४ गते आम शैक्षिक हड्तालको घोषणा गरेको हो ।

अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अनिल केसीद्धारा हस्ताक्षेरीत विज्ञप्तिमा भनिएको छ –‘जनपक्षीय अजेण्डा सहित २५ औं महान जनयुद्ध दिवस अवसरमा यहि फागुन १ गते काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न जादै गर्दा हाम्रो संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाल र सांगठानिक कामको शिलशिलामा हिडिरहेको अवस्थामा फागुन ५ गने संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र वि.क.लगाएत संगठनका नेता,कार्यकर्ता, समर्थक ,शुभचिन्तकहरुलाई बिनाकारण केपी ओली सरकारको प्रहरी प्रशासनले देशैभरी बाट अपहरण शैलीमा शैलीमा गिरफ्तार गरी झुठ्ठा मुद्धा लगाउँदै जेल, हिरासतमा राखेको संगठनका केन्द्रीय अध्यक्ष, केन्द्रीय कोषाध्यक्ष लगाएतका बिनाकारण गिरफ्तार संगठनका सबै नेता, कार्यकर्ता,समर्थक, शुभचिन्तकहरुको रिहाईको माग गर्न र कथित कम्युनिस्ट नामधारी सरकारले विद्यार्थीहरु माथि देखाई रहेको प्रवृत्ति विरुद्ध केन्द्रीय समितिले यही आगुन १४ गते देशब्यापी शैक्षिक हड्ताल कार्यक्रम घोषणा गरेकोले हाम्रो दाङ जिल्लामा पनि सबै शैक्षिक संस्थाहरु सञ्चालन नगरी सहयोग गरिदिनुहुन विद्यार्थी, अभिभावक, शिक्षकहरु लगाएत शैक्षिक क्षेत्रमा सरोकार राख्ने सबै सरोकारवाला निकायलाई हार्दिै विनम्र अनुरोध गर्दछौं ।

Facebook Comments