• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गृहजिल्ला नुवाकोटमा बोगटीको शालिक निर्माण, प्रचण्डद्वारा अनावरण




नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्व सहकर्मि दिवंगत नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गरेका छन् ।

नुवाकोटको विदुर नगरपालिका ७ तुप्चे पुगेका अध्यक्ष प्रचण्डले सोही स्थानमा निर्माण भएको दिवंगगत नेता पोष्ट बहादुर बोगटीको शालिक अनावरण गरेको हुन् । सो अवसरमा अध्यक्ष प्रचण्ड र मन्त्री पुनले श्री चण्डेश्वरी मा.वि. को अभिभावक भेला लाई सम्बोधन गरे ।

मुलुक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेका स्व।नेता पोष्ट बहादुर बोगटीको उनकै जन्मथलोमा शालिक निर्माण गरिएको छ । १५ लाख लागतमा निर्मीत शालिक सगै चौतारा पनि निर्माण गरिएको छ ।

बिभिन्न संघ संस्था, बिदुर नगरपालीका, वडा कार्यलय , स्थानिय युवा क्लबहरु लगाएतको आर्थिक सहयोगमा २ महिनामा नै सो शालिक निर्माण भएको निर्माण कमिटीक अध्यक्ष कल्पना रिमालले जानकारी दिइन् ।

यसैबीच अध्यक्ष प्रचण्डले सोमबार नुवाकोटकै एक सामुदायिक विद्यालयको समेत उद्घाटन गरेका छन् । भारत सरकारद्वारा निर्मित नुवाकोटको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको भवन सोमवार उद्घाटन गरेका हुन् । नयाँ संरचनाको भवनमा तीनवटा ब्लकहरु निर्माण भएको छ भने यस विद्यालयको तीनतले शैक्षिक भवनमा ६ वटा कक्षाकोठा रहेका छन् ।

दुई तले शैक्षिक भवनमा चारवटा कक्षाकोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ । शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाईले सो परियोजनाको कार्यान्वयन गरेको नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उद्घाटन समारोहमा उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनको पनि उपस्थित थियो । दूतावासको तर्फबाट दूतावासको पूनर्निर्माण प्रभागका प्रथम सचिव सुचिता किशोरको पनि उपस्थिति थियो ।

Facebook Comments