• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गिरफ्तार




आफ्नै ६० वर्षीया श्रीमती दिलमाया पुनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भूमे गाउँपालिका–३ सीमाका ७५ वर्षीय नरबहादुर पुनलाई सोमबार प्रहरीले गिरफ्तार गरेको छ ।

आइतबार दिउँसो पुनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काँक्रीबाट खटिएको प्रहरीले पुनलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो । कुटपिटबाट गम्भीर घाइते भएकी दिलमायाको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताउनुभयो ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी बज्राचार्यले जानकारी दिनुभयो । मृतकको पोष्टर्माटम सोमबार जिल्ला अस्पताल रुकुमकोटमा गरिएको छ ।

Facebook Comments