दाङमा चट्याङ लागेर शनिवार तीन जनाको मृत्यु भएको छ ।
दिउँसो १ बजेको समयमा तुलसीपुर उ.प.म.न.पा ७ नवलपुर स्थित गिता चौधरीको घरमा चट्याङ परी उहाँकी छोरी बर्ष ७ कि सृष्टी चौधरी र सोही ठाउँकी ५४ बर्षीया लक्ष्मी आचार्यको निधन भएको छ । घाइते दुबै जनाको राप्ती लाईफ केयर हस्पिटल तुलसीपुर उपचारका क्रममा दिउँसो ३ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सो ठाउँमा एउटा बंगुर पनि मरेको छ भने घरमा क्षति पुगेको छ ।
त्यस्तै साढे १ बजे घोराही उ.प.म.न.पा ११ हापुर बस्ने सूर्यबहादुर पुरीको छोरा ८ को ताराबहादुरदेब पुरीको आफ्नै घरको आगनमा खेलीरहेको अबस्थामा चट्याङले लागेर मृत्यु भएको छ । घाईते पुरीलाई उपचारका लागि घोराही ल्याउँदै गर्दा निधन भएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।