• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिदस्मृति माविको बार्षिकोत्सव, सहिदका सन्तान राज्यका सम्पत्तिः मन्त्री केसी





सहिदस्मृति आवासीय मावि तुलसीपुर १७ वनकट्टीको आठौं बार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमराज शर्मा ‘डायमण्ड’को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले सहिद विद्यालयबाट उत्पादित विद्यार्थीको उच्च शिक्षा सरकारको आधारभूति दायित्व भएको बताउनुभयो । सहिद विद्यालयका नीतिगत अफ्ठ्यारा हल गर्नुपर्ने भन्दै उहाँले अब प्राबिधिक धारमै जोड दिनुपर्ने बताउनुभयो ।


बिशिष्ठ अतिथि प्रदेशसभा सदस्य दामा शर्माले सहिदहरुको सपनासँग जोडिएको विद्यालय भएकाले पार्टी र सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सहिदकै रगतका कारण स्थापित गणतन्त्रको उपभोग गर्ने हरेक निकाय र राज्यले सहिदका नासोको रुपमा रहेका सहिदका सन्तानलाई आफ्नै सन्तानको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाङ जिल्ला इञ्चार्ज जीवन गौतम, सहइञ्चार्ज निर्मल आचार्य, जिल्ला सचिव तुलसीराम पुन ‘सुवास’, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, , शिक्षा समिति संयोजक देबराम विश्वकर्मा, अनेरास्ववियूका केन्द्रीय सदस्य एवं सहिद परिवार समाज दाङका सचिव सन्तोष पोख्रेललगायतले बोल्नुभएको थियो ।


विद्यालयका प्रअ नारायण पौडेलले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । शिक्षक मदन जीएमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन शिक्षक माधव महराले गर्नुभएको थियो । विद्यालयमा हाल चार सय ४४ जना आवासीय र त्यसको दश प्रतिशत स्थानीय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

Facebook Comments