रुकुम पश्चिममा हुन लागेको सर्वा्धिक पुरस्कार राशिको पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । भोली उद्धघाटन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएको छ ।
ब्याडमिन्टन खेलको विकास तथा नेपाल भ्रमण वर्ष र घुमौं कर्णाली कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने उद्ेश्यले जिल्ला ब्याडमिन्टन संघले प्रतियोगिता आयोजना गर्न लागेको हो । भोली विहान १० वजे उद्धघाटन हुने प्रतियोगितामा बिभिन्न जिल्लाबाट ६० जोडिले प्रतिस्प्रदा गर्ने छन् ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार, ट्रफि, मेडल, प्रमाण–पत्र र उप–विजेताले ३१ हजार नगद, ट्रफि, मेडल, प्रमाण–पत्र प्राप्त गर्ने जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढामगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार शान्त्वना हुने दुइ टीमले नगद ११ हजारका साथमा मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छ । जिल्ला सदरमुकाम मुसीकोट खलंगाको बालमन्दिरमा संचालन हुने यो प्रतियोगिता जिल्लाको हाल सम्मकै सर्वा्धिक पुरस्कार राशिको भएको आयोजकको भनाई छ । गतवर्षबाट सुरु भएको यस प्रतियोगिताको यो दोस्रो संस्करण हो ।
४ दिन सम्म चल्ने प्रतियोगिता खुला रहेको र जुनसुकै ठाउँका खेलाडिले पनि सहभागिता जनाउन पाउँने बताईएको छ । पछिल्ला केहि वर्षदेखि जिल्लामा ब्याडमिन्टनको क्रेज बढ्नुका साथै खेलको स्तर समेत बढ्दै गएको छ ।
जसका कारण जिल्लाका विभिन्न ठाउँमा धमाधम ब्याटमिन्टन प्रतियोगिताहरु समेत आयोजना भैरहेका छन् । यो प्रतियोगिताले जिल्लामा ब्याटमिन्टन खेलको विकासमा अझै टेवा पुर्याउने विश्वास आयोजकले लिएको छ ।।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।