आसन्न स्ववियू निर्वाचनलाई लक्षित गरेर अनेरास्ववियूले संगठन विस्तारलाई तिब्र पारेको छ । देउखुरी बहुमुखी क्याम्पसमा अनेरास्ववियूले कक्षा कमिटि गठन गरेको छ । बि.एड प्रथम बर्षमा अर्जुन मगरको अध्यक्षतामा कमिटि गठन गरिएको छ ।
उपाध्यक्षमा अस्मिता रोका, लाल माया, सचीवमा यमलाल सुबेदी, सह–सचीवमा हिरा रोका मगर, कोषाध्यक्षमा लेखबहादुर यादव रहनु भएको छ ।
बि.बि .एस प्रथम बर्ष(ए)को अध्यक्षमा प्रदिप खनाल चयन हुनु भएको छ । उपाध्यक्षमा दिलकुमारी चौधरी, सचीवमा कमल घर्ती, सह–सचीवमा अस्मि केसी, बि.बि.एस प्रथम बर्ष(वि)को अध्यक्षमा शिवकुमार यादव चयन हुनु भएको छ ।
उपाध्यक्षमा लक्ष्मी गौतम, सचीवमा सरला बिस्ट, सह–सचीवमा रमा डाँगी, कोषाध्यक्षमा सुबोध चन्द्र चौधरी चयन हुनुभएको छ । बि.बि .एस दोस्रो बर्षको अध्यक्षमा भरत भुसाल चयन हुनुभएको छ ।
उपाध्यक्षमा काजल श्रेष्ठ, सचीवमा दिपेन्द्र पुलामी, सह–सचीवमा बिष्णु कुमाल, कोषाध्यक्षमा कृष्ण आचार्य चयन हुनु भएको छ ।
बि. बि. एस तेस्रो बर्षमा बिजय पोख्रेलको अध्यक्षतामा कमिटि गठन भएको छ । उपाध्यक्षमा सुशील बिष्ट र बालकृष्ण चयन हुनु भएको छ । सचीवमा झबिन्द्र आचार्य, सह–सचीवमा कबिता आचार्य, कोषाध्यक्षमा यमुना बुढाथोकी चयन हुनु भएको छ ।
अनेरास्ववियूका नेता कल्याण अधिकारी, विन्तिराम यादव, प्रेम पुलामी कमिटि विस्तार अभियानमा खटिनु भएको छ । कार्यक्रमको सहजीकरण दिपेन्द्र पुलामीले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।