“सिमसार र जैविक विविधता”भन्ने मूल नाराका साथ २ फेबु्रअरी २०२० अर्थात १९ माघ २०७६ का दिन विश्वभर सिमसार दिवस मनाइएको छ ।
सन् १९७१ को २ फेबु्रअरीका दिन इरानको रामसारमा जम्मा भएका विभिन्न राष्ट्रका संरक्षणकर्मी तथा वैज्ञानिकहरुले विश्वभर सिमसार क्षेत्र नासिदै गएको र विश्वब्यापी रुपमाआम समुदायलाई चेतना अभिबृद्धि गरी यसको संरक्षण गरिनुपर्छ भन्ने मूल लक्ष्यका साथ विश्वभर प्रत्येक वर्ष अंग्रेजी महिनाको फेबु्रअरी २ तारिखमा यो दिवस मनाउने गरेको जानकारी नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले दिनुभयो ।

यसै सन्दर्भपारी नेपाल पंन्छी संरक्षण संघ लाजिम्पाट काठमाण्डौेंले जटायू रेष्टुरेण्ट संचालन समिति र गैडाताल सामुदायिक वन उपभोक्ता समूह गैडाताल रुपन्देहीको सहकार्यमा गैंडाहवा गाउँपालिका वार्ड नं.७ स्थित जीवनज्योति माध्यामिक विद्यालयमा विश्वसिमसार दिवस मनाएको छ ।
सो अवसरमा विद्यार्थी र शिक्षकबीच छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रम मनाउने उद्देश्य, सिमसार र जैविक विविधताको महत्व, जलवायू परिवर्तन, विश्वतापक्रम बृद्धि तथा यसको असर, यसको न्यूनिकरण, बन्यजन्तु तथा चरा संरक्षण आदि विषयमा अधिकृत नेपालीले सहजिकरण गर्नृभएको थियो । गिद्ध तथा जटायू रेष्टुरेण्टका विषयमा जटायू रेष्टुरेण्ट संचालन समिति गैडाताल, रुपन्देहीका संयोजक डम्बरबहादुर क्षेत्रीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
