• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाहाल प्रतिष्ठान दाङ शाखा गठन





दाहाल बन्धुहरुको भेलाले दाहाल प्रतिष्ठान दाङ शाखा गठन गरेको छ ।


बयोबृद्ध ज्येष्ठ अग्रज जागेश्वर दाहालको अध्यक्षता र प्रतिष्ठानका केन्द्रीय सदस्य नुमाकान्त दाहालको प्रमुख आतिथ्यमा भएको भेलाले समिति गठन गरेको छ ।


जसअनसार अध्यक्ष जागेश्वर दाहाल, उपाध्यक्ष मित्रलाल दाहाल, सचिव गणेशप्रसाद दाहाल, सहसचिव विनायक दाहाल, कोषाध्यक्ष गोविन्दप्रसाद दाहाल तथा सदस्यहरु युधिष्ठिर दाहाल, तुलसीराम दाहाल, भरतमणि दाहाल र रमा दाहाल रहनुभएको छ ।


भेलाले गोत्र परिवर्तन गर्ने निर्णय गरेको छ । यसअघि भुलबस बशिष्ठ गोत्र मान्दै आएकोमा ऐतिहासिक तथ्यहरुको अध्ययनपछि बत्स गोत्र मान्ने निर्णय गरिएको हो ।

जसका लागि मंसिर १६ गते कुलपूजाको दिन गोत्र सच्याउन जागेश्वर दाहालले तयार पारेको प्रस्तावलाई भेलाले अक्षरशः पारित गरेको छ ।

Facebook Comments