‘बेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक र सहिदहरुको राष्ट्रिय सम्मान, महान सहिद तथा बेपत्ता योद्धाहरुका सन्ततिहरुको साझा अभियान’ भन्ने मुल नाराका साथ माघ १८ गते शनिवार सहिद तथा बेपत्ता यौद्धा सन्तति फाउण्डेशनको प्रथम साधारणसभा हुने भएको छ ।
फाण्डेशनको बैठकले यस्तो निर्णय गरेको महासचिव सन्दिप पुनले जानकारी दिनुभयो ।
फाउण्डेशन देशमा भएका अन्याय, असमानता, कुरीति, कुसंस्कारको विरुद्ध लड्ने जनयुद्ध, जनआन्दोलन र परिवर्तनमुखी आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने तथा बेपत्ता हुने योद्धाका सन्ततीहरु द्वारा स्थापना गरिएको संस्था हो । फाउण्डेशनको साधारणसभा काठमाडौंको कोटेश्वर स्थिति पेरिसडाँडामा हुने छ ।
कार्यसमितिको पूर्ण बैठकले विभिन्न उपसमितिहरु बनाई कार्यसमितिका सदस्यहरु र विभाग प्रमुखहरुलाई सामेल गरि साधारणसभा सफल पार्न जिम्मेवारी तोकिएको छ भने, सम्पूर्ण तयारी र व्यवस्थापनका लागी सबै सदस्यहरुलाई आश्ययक सहयोग गर्न अपील गरिएको महाचिव पुनले जानकारी दिनुभयो ।कार्यक्रममा सम्पूर्ण सहिद, बेपत्ता तथा घाइते योद्धाहरुको सन्तति र परिवारहरुलाई उपस्थित हुन हार्दिक अपील गरिएको छ ।
‘साधारण सभामा कुनै अनावश्यक खर्च नगरी सामान्य खर्चमा, व्यवस्थापन र सफल बनाउने लक्ष्य लिएका छौँ। एकै दिनमा सक्नेगरी, कार्यसमितिको पूर्ण बैठकले निर्णय गरेको छ। त्यसै दिन उद्घाटनसत्र सकिएपछि, बन्दसत्र सुरु हुनेछ’– पुनले भन्नुभयो ।
फाउण्डेशनका यस्ता छन् उद्देश्यः
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको विधान अनुरुप, प्रचलित ऐन कानुन तथा नेपाल सरकारको नीति निर्देशनको अधिनमा रही सम्बन्धित निकायको समन्वय राखी कार्यक्रम संचालन गर्ने गरि संस्थाको निम्न उदेश्य रहेकाछन्ः
–संस्था मुनाफा रहित जनहितकारी संस्था हनेछ।
–सहिद तथा वेपत्ता योद्धा तथा घाइते योद्धाहरुका सन्ततिहरुको लगत संकलन, अध्यन र विश्लेषण गर्ने।
–सहिद तथा वेपत्ता योद्धा तथा घाइते योद्धाहरुका सन्ततिहरुको शैक्षिक, आर्थीक, समाजिक तथा संस्कृतिक समस्याहरुको पहिचान गरि तत्कालीन एवं दिर्घकालीन समाधानका लागि आवस्यक कार्य गर्ने।
–समाजमा समाजिक चेतना फैलाउन र वलिदान प्रति गर्व गर्न सक्ने वातावरण निर्माण गर्न र सहिद तथा बेपत्ता योद्धाहरुको सम्मान र स्मृतिमा विभिन्न साहित्य(कला, सौन्दर्यचिन्तन र संस्कृतिका विभिन्न विधा तथा कार्यक्रम जस्तै कार्यशाला, गोष्ठी, सभा अन्तरक्रिया आदि संचालन गर्ने।
–शिक्षा, स्वास्थ तथा रोजगार, कृषि, पर्यटन तथा पूर्वाधार विकासका काममा पनि सम्बन्धित निकायलाई सघाउने।
–फाउण्डेसनको नाममा छुट्टै अक्षयकोषको स्थापना गरि सहिद वेपत्ता र जनयुद्ध जनआन्दोलनका घाइतेहरुका सन्तति परिवारजनलाई आवश्यक सहयोग गर्ने।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।