अम्बापुर जग्गा एकीकृत विकास आयोजना उपभोक्ता समितिको अध्यक्षमा पुनः बलिभद्र राना चयन हुनुभएको छ । च
ौथोे अधिवेशन तथा साधारणसभाबाट उहाँ पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
समितिको उपाध्यक्षमा किशोर पौडेल, सचिव पार्वता योगी, सहसचिव सन्देश पौडेल, कोषाध्यक्ष सूर्यचन्द्र राना तथा सदस्यहरु नर्मदा चौधरी, पदमा पोख्रेल, भोला बेलबासे र नरबहादुर अधिकारी रहनुभएको छ ।
अध्यक्षको रानाको अध्यक्षता र घोराही १८ का अध्यक्ष भरत अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
समितिको बैठकले सल्लाहकार चयन गरेको छ । जसमा भरत अर्याल, बिपुल पोख्रेल, बिष्णु पुन, काशीनाथ पोख्रेल, सावित्रा राना, नरेन्द्र केसी र लीला शाह रहनुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।