अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरु संगठित भएका छन् । उनीहरुले भेला गरी प्रवासी नेपाली विद्यार्थी संगठन गरेका छन् ।
रोल्पाका सम्राट ओलीको संयोजकत्वमा संगठन बनाएका हुन् । जसमा प्रतिभा घर्ती मगर, विवेक महरा, उज्वल ढुंगाना, निरञ्जन बोहरा, उमेश गिरीलगायत रहेका छन् । संगठन अष्ट्रेलियाका न्यू साउथ वेल्सको फेयर ट्रेडिङमा समेत दर्ता भइसकेको संयोजक ओलीले जानकारी दिनुभयो ।
औपचारिकरुपमा दर्ता भएर सञ्चालनमा आएको यो पहिलो नेपाली विद्यार्थी संगठन हो ।
प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्य र बिमल अधिकारीको बिशिष्ठ आतिथ्यमा भएको भेलामा ३९ जना नेपाली विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा ओसिनियाका संयोजक होम पाण्डे, जनसम्पर्क समितिका न्यू साउथ वेल्सका महामन्त्री सुदीप मुडवरी, एनआरएनका सहसंयोजक चुना क्षेत्री, सहसचिव दीपक पहारी, आयल एण्ड एसोसियट फाउण्डर भवानीप्रसाद ओलीलगायतले बोल्नुभएको थियो ।
नेपाली विद्यार्थींहरुलाई छातामुनि लिने, नेपाली विद्यार्थीहरुलाई आवश्यक परामर्श दिने, कुनै समस्या पर्दा सहयोग गर्ने, काम खोज्न सहयोग गर्ने, बेलाबेलामा दक्ष व्यक्ति लिएर सेमिनार गर्ने, अनुभव, ज्ञान र क्षमता आदानप्रदान गर्ने, अष्ट्रेलियाको कानूनी प्रक्रियाबारे जानकारी दिनेलगायतका उद्देश्य राखेर संगठन बनाइएको संयोजक ओलीले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।