• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छोरीको जन्मदिनमा नमूना कामः फजुल खर्च कटाएर बेसहारालाई माम




छोरी एञ्जिला भुसालको जन्मदिनको अवसरमा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल र श्रीमती सुशीला भुसालले बेसहारा नागरिकका लागि सहयोग गर्नुभएको छ ।


उहाँहरुले राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलीसागर सेवा आश्रमका बेसहाराका लागि सहयोग गर्नुभएको हो ।

भुसाल दम्पत्ति र छोरी एञ्जिलाले चार बोरा चामल, एक बेरा च्यूरा, दश किलोग्राम नून, दश किलोग्राम दाल र पाँच लिटर तेल आश्रमका सदस्य कुलदीप न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो ।

जन्मदिनमा लाग्ने खर्च बेसारा नागरिकका लागि सहयोग गर्न पाउँदा खुशी लागेको भुसाल परिवारको भनाइ छ ।

अब हरेकले आफू मात्र खुशी हुने होइन, आफ्नो खुशीयाली समाजका बिपन्न र दुःखसँग संघर्ष गरिरहेकाहरुसँग साट्नुपर्ने उहाँले बताउनुभयो ।

Facebook Comments